काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा एक सातापछि हुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजका लागि २२ सदस्यीय टोली घोषणा गरेको छ । प्रतियोगिता नोभेम्बर १५ देखि १९ सम्म हङहङमा हुँदैछ । सिरिजमा नेपाल, युएई, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
बन्द प्रशिक्षणमा बोलाएको टोलीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगीता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अस्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी रहेका छन् ।
नेपालले बागमती प्रदेशबाट घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेकी युवा तीव्र गतिकी बलर सोनी पाख्रिनलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपालका दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले त्यसअघि हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी–२० सिरिज पनि खेल्नेछन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।
क्रिकेट टोलीलाई ५० लाख
नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप २०२४ मा स्थान बनाउने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने भएको छ । नेपालले बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।
क्यानको बोर्ड बैठकले ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको हो । त्यस्तै क्यानले दुई साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कप जित्ने क्रिकेट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले सम्मान पनि गर्ने भएको छ ।
नेपालले यू-१९ प्रिमियर कपको उपाधि जित्दै आगामी २०२४ जनवरीमा यू-१९ एसिया कपसमेत खेल्न पाउनेछ । नेपालले टी-२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई आठ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग समूह चरण र फाइनल दुवैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो ।
नेपालले एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा युएईलाई डकवर्थ लेविस पद्धतिका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । क्यानले नोभेम्बर १५ देखि १९ सम्म चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा नेपाललाई पठाउने निर्णय पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच