
म्याग्दी । सामान्यतया आरती, भजनकीर्तन,पूजाअर्चना र आराधना मन्दिर,देवालय वा धार्मिक क्षेत्रहरुमा गरिन्छ । तर,म्याग्दीमा प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको तातोपानी कुण्डमा साप्ताहिक रुपमा सन्ध्याकालीन महाआरतीको शुभारम्भ गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी कुण्डमा प्रत्येक सोमबार सांझ‘सन्ध्याकालीन महाआरती’ गर्त सुरु गरिएको हो । साउन महिनाको पहिलो सोमबार एक समारोहका बिच म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गदैं भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द महशुससँगै धार्मिक आस्थाको समेत संरक्षण हुने बताउनुभयो।
तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी अब प्रत्येक हप्ताको सोमबार ‘सन्ध्याकालीन आरती’ हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।
प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै आरतीले तातोपानीको गौरव थपेको अध्यक्ष खड्काको भनाई छ । तातोपानीमा आरतीमा श्रवण तथा महादीप सहित धार्मिक कार्यमा समेत प्रत्यक्ष सहभागि हुन पाइने कुण्डका सचिव कुमार केसीले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले तातोपानी कुण्ड क्षेत्रको विकासका नगरपालिकाले प्राथमिकताका साथ सहयोग गरेको बताउँदै कमीकमजोरी सुधार सहितको योजनामा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, एनआरएनए न्यूजिरल्याण्डका अध्यक्ष लालबहादुर केसी, विश्व हिन्दु महासंघ सहित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
प्रत्येक सोमबार साँझ करिब दुई घण्टा आरतीसँगै भजनका सहभागि हुन पाइने छ । भगवान शिवकोको पुजा आरधना गदैं एकसय आठ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधाले स्नान गर्न आउने बिरामी उत्साहित भएका छन् ।
आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई आरती बाचक रमेश खड्काले प्रशिक्षण दिनुभएको थियो । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो । बलिरहेका आरतीका थाली आराध्यदेवका समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ ।
म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजारको हाराहारीमा आउने गरेका छन् ।
पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानीको ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक समेत बढ्ने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच