
काठमाडौं । चलचित्र ‘कर्मा’ बन्ने भएको छ । निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गर्नुभएको हो । चलचित्रको कथा पनि सौरभ स्वयंले लेख्नुभएको छ । एक्सन ड्रामा एडभेन्चर जनरामा चलचित्र निर्माण हुने बताइएको छ ।
आर्टिष्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा वसन्त लम्सालको लगानी रहनेछ । चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी रहेकाले पछि जानकारी गराउने बताइएको छ ।
सौरभले अघिल्लो वर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर-१’ निर्देशन गर्नुभएको थियो । उक्त चलचित्रले तारिफ बटुलेको थियो । सोही चलचित्रको दोस्रो सिरिज पनि निर्माण हुने बताइएको छ । च्याप्टर-१ घोषणा गर्दै निर्माणपक्षले ‘अगस्त्य : च्याप्टर-२’ निर्माण गर्ने बताएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच