काठमाडौं । गत सातादेखि नै निरन्तर रूपमा बढेर बुधबार घटेको सेयर बजार बिहीबार पुनः ३२ अंकले बढेर २५६८.११ अंकमा पुगेको छ । यस दिन १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा दुई अर्ब सात करोड सात लाख ७८ हजार रुपैयाँले कारोबार घटेको हो । बिहीबार दुई सय २० कम्पनीका तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता सेयर कारोबार भएका थिए । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने नौवटा बढेका छन् ।
लघुवित्त सर्वाधिक ६.८३ प्रतिशत बढेको भने निर्जीवन बिमा २.९५, बैंकिङ १.३६, फाइनान्स १.२२ प्रतिशतले बढेका छन् । विकास बैंक, जलविद्युत्, लगानी र अन्यको घटेका छन् । यस दिन सर्वाधिक कारोबार भएको सानिमा जिआइसी इन्स्योरेन्सको ३४ करोड १७ लाख ७९ हजार रुपैयाँ बराबरको चार लाख ६८ हजार चार सय ९५ कित्ता सेयर खरिदबिक्री भएका छन् भने दोस्रो ठूलो कारोबार भएको हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख, शिवम् सिमेन्ट्स २३ करोड ७२ लाख, फस्ट माइक्रोफाइनान्स २३ करोड ५९ लाख र हिमालयन रि इन्स्योरेन्सको २० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि १४ कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर र गणपति लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । राष्ट्रिय बिमा कम्पनी ९.९४, आरएसडिसी लघुवित्त ९.७४, नाडेप लघुवित्तको ९.७२, लक्ष्मी लघुवित्त ९.७०, बोटलर्स नेपाल ९.५७, डिप्रोक्स लघुवित्त ९.५०, नेपाल फाइनान्स ९.३७, ग्लोबल आइएमई लघुवित्त ९.२८, एनआइसी एसिया लघुवित्त ९.१६ र ग्रामीण विकास लघुवित्तको ९.०८ प्रतिशतले मूल्य बढेको छ तर मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने ७.६५ प्रतिशतले घटेको छ ।
त्यस्तै माण्डु हाइड्रोपावरको ४.६८, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को ३.९२, कालिका पावर कम्पनी ३.८१ र आरम्भ चौतारी लघुवित्तको ३.८१ प्रतिशतले मूल्य बढेको छ । कारोबार कित्ताका आधारमा सिटिजन सुपर ३० म्युचुअल फण्डको सबैभन्दा धेरै ११ लाख ४६ हजार सात सय ५० कित्ता र संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै तीन हजार छ सय सातपटक कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच