किन सुनसान भए घोन्सार ?

हिमालय टाइम्स
Read Time = 4 mins

-प्रणय साह

वीरगञ्ज । कुनै बेला माघे संक्रान्तिको समयमा निकै भिडभाड हुने घोन्सारमा अहिले सुनसान देखिएको छ। माघे संक्रान्तिको लागि भुजाको लडु (बनुई, लाई, तिलको लडु, मकैको लडु) बनाउन राति १२ बजेसम्म घोन्सार झौसिने चलन भएपनि हाल कमी आएको देखिएको छ। विशेष गरि बारा पर्साको गोढ समुदायले झौसिने घोन्सार प्रतिको आर्कषण घटदै गरेको छ। गोढ समुदायको आर्थिक स्तर वृद्धि, प्रयाप्त मात्रामा पराल, भुस, सुकेको पात, दाउरा लगायत साधनको कमीको कारण पनि घोन्सार झौसिनेको संख्यामा कमि देखिएको छ।

मेसिनले भुजा भुज्ने प्रविधिको विकास नहुन्जेल घोन्सारको महत्व धेरै हुने गरेको थियो। पहिला पहिला माघे संक्रान्तिको लागि भुजाको लडु बनाउन घोन्सारमा धेरै भिड लाग्ने गरेको थियो। मधेशमा माघे संक्रान्ति अर्थात खिचडीको बेला तिल र भुजाको लडु, तरुल, शुद्ध घ्यु खाने चलन रहेको छ। माघे संक्रान्तिको कोशेलीको रुपमा आफन्त कहाँ भुजाको लडु पठाउने चलन रहदै आएकोले पनि उति बेला घोन्सारमा भिडभाड देखिन्थ्यो। किसान तथा घरमा काम गर्ने कामदारलाई चामलको भुजा र मिठा दिने चलनसमेत घटदै गएको छ। चिसोको समयमा केराउ, मकै, भट्टमास तथा चामल भुटेको समाग्री खादा शरिर तातो हुने भएकाले यो चलन चलेको जानकारहरू बताउन्छ।

बजारमा रेडिमेड भुजाहरु प्रसस्त भेटिनुले पनि घोन्सारमा भुजा भुजाउने चलनमा कमि आएको वीरगंज २३ प्रसौनी बिर्ताकि सुगान्धि देवी गोढिनले बताई। पछिल्लो समय मेसिनले नै भुजा भुज्ने र बजारमा प्रस्तैत रेडिमेड भुजाको बिक्रि बढेकोले पनि घोन्सारमा भुजा भुजाउने चलनमा कमी आएको बताए।

घोन्सार झौसिने गोढ समुदायको नयाँ पुस्ता पनि इच्छुक नभएकोले पनि घोन्सार झौसिने काममा कमी आएको धर्मशिला देवी गोढिनले बताउनुभयो। उहाँले बजारमै रेडिमेड भुजा पाईने भएकोले पनि घोन्सारमा मानिस आउन छोडेको बताउनुभयो। मेसिनमा भुजेको भुजा राम्रो देखिएपनि घोन्सारमा भुजेको भुजाको भन्दा राम्रो नभएको उहाँको भनाई छ। उहाँले घोन्सारमा भुजेको भुजाको मिठास नै छुटै हु्ने गरेको बताउनुभयो।

यसैगरी घोन्सारको लागि आवश्यक पर्ने दाउराको अभावका कारण पनि घोन्सार प्रति आर्कषण घटेको प्रसौनी बिर्ताकि शिवकुमारी गोढिनले बताउनुभयो। उहाँले पहिला जस्तो पराल, सुकेको पात तथा दाउरा प्रयाप्त मात्रामा उपलब्ध हुन नसक्नु तथा नयाँ पुस्ताले घोन्सार प्रति चासो नदेखाउदा घोन्सार प्रति आर्कषण घटदै गरेको बताउनुभयो। उहाँले शहर तिर घोन्सारको आर्कषण घटेपनि ग्रामिण भेगमा अहिले पनि घोन्सारीको महत्व उतिनै रहेका बताउनुभयो।

गाँउघरमा गरिब परिवारले सञ्चालन गरेका घोन्सार अहिले संकटमा रहेको छ। वीरगंज महानगर २७ उदयपुर घुर्मीकी सुनैना देवीचाहिँ गाँउघरमा साना किसानको घरबाट दैनिक खाजाको रुपमा केहि चामल लिएर आउने गरेका कारण आफु घोन्सारलाई निरन्तरता दिएको बताउनुभयो।

 

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?