जनकपुरधाम । धनुषाको वटेश्वर गाउँपालिका ४ मा १८ वर्षमुनिको (यू-१८) क्रिकेट प्रतियोगिता सुरु भएको छ । वटेश्वर युथ क्लबको आयोजनामा शिवशक्ति माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको माओवादी केन्द्रका स्थानीय नेता देवसागर दासले उद्घाटन गर्नुभएको थियो ।
युथ क्लबका अध्यक्ष सन्दीपकुमार कामतको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का अध्यक्ष राममणि कुशवाहा, लवकुश खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामआशिष महतोलगायतको सहभागिता रहेको थियो ।
उद्घाटन खेल आयोजक युथ क्लब वटेश्वर र क्षिरेश्वरनाथ नगरपालिकाको दुर्गा टोल टिमबीच भएको थियो । पहिलो खेलमा आयोजक वटेश्वर विजयी भएको थियो ।
प्रतियोगितामा १२ वटा टिमले भाग लिएको आयोजकले जनाएको छ । खेलको प्रथम पुरस्कार १२ हजार रुपैयाँ र शिल्ड छ । यसैगरी दोस्रो पुरस्कार सात हजारसहित शिल्ड र तेस्रो तीन हजार रहेको छ ।
प्रत्येक छक्कामा सनसाइन बोर्डिङ स्कुलका प्रिन्सिपल श्रवण महतोले दुई सय रुपैयाँ र ट्रफी दिने घोषणा गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच