काम आधा भुक्तानी पुरा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । निर्माण कार्य सम्पन्न नहुदै भुक्तानी गरेको पाइएको छ ।

बर्दियाको गेरूवा गाउँपालिका वडा नं २ स्थित बुढीकुलोमा गरिएको तटबन्ध निर्माण कार्य सम्पन्न नगरेपनि राजापुर सिंचाई आयोजनाले भुक्तानी दिइएको पाइएको हो ।

जानकी निर्माण सेवा कम्पनीले ३४.२ घटमिटर काम गर्नु पर्नेमा आधा मात्रै काम गरेको हो । निर्माण कम्पनीले माटो फिलिङलगायतका काम नगरेपनि भुक्तानी दिइएको हो । यस विषयमा बुझन खोज्दा राजापुर सिंचाई आयोजनाका प्रमुख केशव दासले आफु अहिले बाहिर भएका कारण यसै भन्न नसकिने बताउनु भयो ।

दासले निर्माण कम्पनीले काम ढिलो गरेको असार मसान्त भएका कारणले पनि काम सम्पन्न भएपछि मात्रै भुक्तानी दिइएको हुन सक्ने बताउनु भयो । तर निर्माण स्थलमा काम काम पुरा भएको देखिदैन ।

यसै विच राजापुर सिचाई आयोजनाका लेखा अधिकृत पुर्ण बहादुर चौधरीले असार मसान्त सम्म जती काम गरेको हो त्यति बराबरको रकम मात्रै भुक्तानी दिएको दावी गर्नु भयो । आधा काम भएको र बाँकि काम नभएका कारण निर्माण गरिएको तटबन्ध थप जोखिममा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?