
पेरिस । ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा स्पेनले नाइजेरियालाई हराएको छ । एलेक्सिया पुटेलासको निर्णायक गोलसँगै नाइजेरियालाई १-० ले हराएको स्पेनले नकआउट चरणमा सम्भावना बलियो बनाएको हो ।
आइतबार राती भएको खेलमा स्पेनलाई जिताउन एलेक्सिया पुटेलासले निर्णायक गोल गर्नुभयो । पुटेलासले खेलको ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै स्पेनले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेलबाट तीन/तीन अंक जोडेको जापान र ब्राजिल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अब स्पेनले अन्तिम खेल ब्राजिलसँग खेल्नेछ । अंकविहीन नाइजेरिया भने अन्तिम खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
यसैगरी, ब्राजिल दोस्रो खेलमा जापानसँग पराजित भएको छ । पार्क डे प्रिन्सेसमा आइतबार राती भएको खेलमा जापानसँग ब्राजिल २-१ गोलले पराजित भएको हो । जितसँगै जापानले दुई खेलबाट तीन अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा पराजित ब्राजिल तेस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच