जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ स्थित उभुरकोट क्षेत्रमा पर्ने गैडापातल सामुदायिवन वनमा चार हजार विरुवा वृक्षरोपण गरिएको छ । केही महिना अघि आगलागी भएको उक्त वनमा आज वृक्षरोपण गरिएको हो ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायासहित स्थानीयको सहभागितामा झण्डै चार हजार बिरुवा सो सामुदायिक वनमा रोपिएको गाउँपालिका उपाध्यक्ष रोकायाले बताउनुभयो । गैडापातल र नौमुडे सामुदायिक वन समितिको विकास,पदाधिकारीहरूको क्षमता विकासका लागि एक-एक लाख रूपैयाँ बजेट व्यस्थापन गरिने गाउँपालिका उपाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गिता बुढाले समग्र वन क्षेत्रलाई हराभरा बनाउनका लायि बिरुवा रोपिएको जानकारी दिनुभयो । उभुरकोट वन क्षेत्रमा गत बैशाख १३ गते आगलागी भएको थियो । आगलागीबाट हजारौं बोटबिरूवामा क्षति पुगेकोले वन क्षेत्र हरियाली बनाउन ठुलो मात्रामा वृक्षरोपण गरिएको छ ।
गैडापातल सामुदायिक वन उपभोक्ता समिति,नौमुडे सामुदायिक वन उपभोक्ता समितिको आयोजना र पातारासी गाउँपालिकाको सहयोगमा वृक्षरोपण गरिएको सामुदायिक वन उपभोक्ता समितिका बुढाको भनाइ छ ।
समितिकै अगुवाइमा पालिकाको धार्मिक क्षेत्र नौमुडे काँधमा समेत २ हजार ८८७ वटा बिरूवा रोपिएको पातारासी गाउँपालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच