म नै ब्रह्म हुँ
वेद पौरस्त्यजगत्को ज्ञानसरणी मानिन्छ । वेद पौरस्त्य ज्ञाननदीको मुहान हिमनग हो । जसरी हिमनगबाट यस पृथ्वीका सारा नदीनाला, खोला खोल्सा दक्षिणतिर बगेका छन् त्यसैगरी संसारका सभ्यताको डोरो तानेर सनातनको मात्रै होइन सबै अर्वाचीन र आधुनिक धर्मलाई पनि दिशानिर्देश गर्दै आएको देखिन्छ सनातन धर्मले । वेद र वेदांगले मानव जीवनका दुई द्वार देखाएको भेटिन्छ । पहिलो हो प्रवृत्तिमार्गको ढोका । दोस्रो हो निवृत्ति मार्गको द्वार । सबै निवृत्ति मार्गमा हिँड्न सक्दैनन् । यो आत्मनियन्त्रण र विश्वकल्याणका भावनाले ओतप्रोत भएका व्यक्तिबाट मात्र आचरण गर्न सकिन्छ । देहगेहका भावले भरिएको मनबुद्धिचित्तबाट निवृत्तिमार्गको यात्रा सम्भव हुँदैन । माया, मोह, काम, क्रोध मद, मात्सर्य नामका छवटा शरीरमा रहेका शत्रुलाई वशमा गरेपछि मात्रै निवृत्ति मार्ग सरल हुन्छ ।
मनमस्तिष्कमा काम, नाम, दाम, ऐश्वर्यका अतिरिक्त मोजमस्ती र प्रदर्शनको गहिरो अज्ञानको डल्लो बोकेर गरिने यात्रा भनेको देहगेहजम्मा गर्ने मार्ग नै हो । यसमा पनि मुक्ति मार्गको व्यवस्था नभएको भने होइन दैनिक पञ्चयज्ञादि गरेर समग्र प्राणीको कल्याणकामनाका साथ वर्णाश्रमधर्मले निर्धारण गरेका र जैविक आवश्यक्ता पूरा गर्नका निमित्त राज्यले, सामूहिक धारणाले समानताका भावबाट आचरित परम्परागत आचरणमा बस्ने नारीपुरुष पनि सहज मुक्त हुने मार्गको व्यवस्था वेदले गरेको छ । यसका निमित्त वेद भन्छ-
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतं समाः ।
एवं त्वयि नान्यथेतोद्रस्ति न कर्म लिप्यते नरे (यजुर्वेद, ४०,२) ।
यो यजुर्वेदको चालिसौं अध्यायको दोस्रो मन्त्र हो । यसको अर्थ हो, लामो समयसम्म यस संसारमा बाँच्न चाहने व्यक्तिले शास्त्रविहित कर्म गरेर नै जीवन भोग गर्नुपर्दछ । निष्काम भावले कर्म गरेर बाँच्न चाहने मान्छेलाई मात्र कर्मबन्धनका डोरीले बाँध्न सक्दैन ।कर्म बन्धन भनेको पत्नीपुत्र, धनदौलत, मोहमदमात्सर्यादि छवटा बन्धनबद्ध हुनु हो । हाम्रो मन मकैका पिपिरामा पल्केको चोर गाई जस्तै हुन्छ । शरीर त्यागेपछि पनि ती धनैषण, पुत्रैषणा, वित्तैषणा आदिले पछ्याउन छाड्दैनन् । एक दिन खाएको मीठा खानेकुराको स्वाद जिब्रामा पछिसम्म रहिरहन्छ त्यसैगरी एक पल्ट भोगेको सुखसुविधा मनमा रहिरहन्छ ।
मान्छेका मनले मर्ने बेलामा जुन लोक जुन जुनीको जुन कुराका भोगको चाहना राखेर प्राण त्यग्छ त्यही जुनी, त्यही लोक र त्यही भोग्ने गरी जन्मन्छ । अतः ऐश्वर्यको चाहना राख्ने मान्छेभन्दा विशुद्ध अन्तस्करण भएको ब्रह्मबोधीको मात्रै मुक्ति सम्भव छ ।
बाली चोर्ने चोर गाईलाई गोठालाले लट्ठीले जति पिटेपनि चोर्न छाड्दैन । बानी परेका मनले पुनर्पुनर जन्म लिएर नै ती इच्छा पूरा गर्दछ । आर्थिक भ्रष्टाचार गर्नेलाई जेल हालो निक्लेपछि फेरि भ्रष्टाचार गरेजस्तै हुन्छ । यो प्रवृत्तिमार्ग हो अतः यसलाई पनि अनासक्त भावले भोगे मोक्ष सम्भव छ भन्ने कुरालाई पुष्टि प्रदान गर्ने एउटा श्लोक पढौं-
बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोद्रस्मि भरतर्षभ ।।
अर्थात्, हे भरतश्रेष्ठ अर्जुन ! बलवान्हरूमध्येको सबैभन्दा बलवान् म कामना तथा रागविहीन भएको बल हुँ । यसै प्रकारले प्राणीमा रहने धर्मको अविरोधी जुन विषयभोग छ त्यो पनि म नै हुँ । अतः मेरो यस रहस्यलाई बुझेर देहगेहादिका लिप्साबाट तटस्थ रहेर भोग गर्ने प्रत्येक प्राणी मोक्ष हुन्छ भनेर गीताको सातौं अध्यायको ११औं श्लोकमा श्री कृष्णले अर्जुनलाई बताएका छन् । मनमा म नै ब्रहृम हुँ भन्ने भावलाई दृढतापूर्वक राखेर भोग गरे पोखरीका बीचमा फुलेको कमलको फूल, या पात, डाँठजस्तो पानीले नभिजीकन रहनु सम्भव देखिन्छ पद्मपत्रमिवाम्भसि यसका उदाहरण हुन् राजा जनक, रन्तिदेव, रघु, शिवि, मोरध्वज, प्रहृलाद, शुकदेव आदि ।
यस दुनियाँका प्रत्येक वस्तुका रूप, रङ, आकार प्रकारादिमा अनेकता रहेको देखिए पनि तात्विक दृष्टिले हेर्दा जसरी वसन्तको वागमा फुलेका फूलको रूप, रङ, अनेक देखिए तापनि ‘प्रत्येक पुष्पको रूप-रेखा रङ अनेक छ तर सौन्दर्यको ज्योति तिनमा भित्र एक छ’ भनेर लेखनाथले वेद, गीता र विज्ञानको रहस्यलाई वसन्तवर्णनमा कति मीठो गरी हामीलाई पढाएका रहेछन् बुझौँ । शुक्ल यजुर्वदेको चालीसौं अध्याय नै इशावास्योपनिषतद् हो । यसैगरी
यंयं लोकं मनसा संविभाति
विशुद्धसत्वः कामयते याँश्च कामान्
तं तं लोकं जयते ताँश्च कामां
तस्मादात्मज्ञं हृयर्चयेद् भूतिकामः (मुण्डक, तृतीय, १०) ।
मान्छेका मनले मर्ने बेलामा जुन लोक जुन जुनीको जुन कुराका भोगको चाहना राखेर प्राण त्यग्छ त्यही जुनी, त्यही लोक र त्यही भोग्ने गरी जन्मन्छ । अतः ऐश्वर्यको चाहना राख्ने मान्छेभन्दा विशुद्ध अन्तस्करण भएको ब्रहृमबोधीको मात्रै मुक्ति सम्भव छ । अतः अहं ब्रहृमास्मि भन्ने ठानेर त्यागयुक्त भोग गर अहिलेका हाम्रो देश चलाउनेले झैँ हामी नै सबै कुरा हृवौं भन्ने ठानेर सर्वभक्षी, सर्वग्राही, सर्वसङ्ग्रही नबनीकन एकोद्रहं बहुस्याम भन्ने दर्शनको रहस्य बुझ्न आज म हरिमञ्जुश्रीले रचना गरी स्वर पनि दिएको एउटा वेदगानलाई उपमान् बनाएर ईशावास्योपनिषत्को कुरो गर्न लाग्दै छु । त्यस गीतले भन्छ :
पहिलो-शब्द छन् धेरै नाउँ छन् धेरै अर्थ छन् धेरै भन्छन्
चिन्तन छन् धेरै दर्शन छन् धेरै शास्त्र छन् धेरै भन्छन्
प्रकृति भन्छन् अस्तित्व भन्छन् कोही त भन्छन् देउता
सबैलाई बुझ्ने, चिन्ने र भन्ने शब्द के होला एउटा ?
यसरी पहिलाले जिज्ञासा प्रकट गर्दछ । यो जिज्ञासा अहं ब्रह्मास्मि बुझ्न खोज्ने खालको देखिन्छ । उसलाई नामरूपको ज्ञान चाहिएको छैन । भित्री चुरोस्वरूप बोधको ध्याउन्न रहेको बुझिन्छ यी चार पंक्तिका जिज्ञासुभावबाट यो सोध्ने ब्रहृमजिज्ञासु विद्यार्थी या साधारण कोही पनि हुन सक्ने देखिन्छ । यो भाव बुझेको दोस्रो यो वेदविद् गुरु हुनसक्छ तर यो गीतको प्रश्नोत्तर भएको हुनाले हरिले यसलाई रहस्यमा राखेर पहिलो र दोस्रोबाट नै काम चलाएका छन्-
दोस्रो- त्यो हो ब्रहृम,म हुँ ब्रह्म, तिमी ब्रह्म, हामी ब्रह्म
अक्षर ब्रह्म, शब्द ब्रह्म, वाक्य ब्रह्म, अर्थ ब्रह्म
नाउँ ब्रह्म, चिन्तन ब्रह्म, दर्शन ब्रह्म, ज्ञान ब्रह्म
जे जे देख्यो, जे जे छोयो, जे जे सुँघ्यो सबै ब्रह्म
दुवै-त्यसैले त वेदले सिकायो- अहं ब्रह्मास्मि ।।
विद ज्ञाने धातुबाट व्युत्पादित वेद शब्दको अर्थ हो ज्ञान । यो ब्रह्माण्ड र यहाँ भएका साबै वस्तु मैले तपाईंले र मेरा पितापुर्खा या तपाईं कसैका पितापुर्खाले बनाएका होइनन् । अनि बनाउने त कोही होला ऋत होला जसलाई स्वचालित प्रक्रियाबाट उत्पन्न भएको स्वयम्भू मानौँ या कर्ताको कल्पना गरेर त्यसको नाम चित्, सत् या ईश, ब्रहृम जे मानौँ यति मानेपछि मियो गाडियो अब धान दाईं हुन्छ । त्यही मियामा बाँधिएका सारा जीव जन्ममृत्युरूप दाईंका खलामा फन्फन्ती घुमेका छन् छन् लोभ, माया, मोह, मद, मात्सर्य, क्रोध यी छवटा दाम्लाले बाँधिएर । यसै तथ्यलाई आत्मसात गरेर आदि शंकराचार्यले भनेथे’ ‘पुनरपि जननं पुनरपि मरणं, पुनरपि जननी जठरे शयनम् ।
भज गोविन्दं भजगोविन्दं गोविन्दं भज मूढ मते’ । यं यं भावं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् । तं तमेवैति कौन्त्येय सदा तद्भावभावितः (गीता,८,६) । अर्थात् हे अर्जुन व्यक्तिले जुन जुन विषय संझेर शरीर त्याग्छ त्यो व्यक्ति त्यही भावमा पुग्दछ । किनभने उसले जीवनभरि एउटै वस्तुको चिन्तन गरेको हुन्छ । श्रीमद्भागवतमा जडभरतले मृगको चिन्तन गरेर शरीर त्याग्दा उनी मृग नै भएर जन्मेको उदाहरण छ ।
न्यायशास्त्र, धर्मशास्त्र, पुराण, उपनिषत्, वेद, ब्राहृमण, आरण्यक आदिले भिन्न भिन्न प्रकारका शब्दावलीबाट ब्रहृमलाई चिनाउन खोजेको देखिन्छ तापनि अन्त्यमा आगाको ज्वालामय रूप होस् या स्फुल्लिंगमय रूप होस् आगो नै सिद्ध भए जस्तै ब्रहृम ब्रहृमैव परिभाषितो भवति ।
ऋग्वेदको पुरुषसूक्तमा एउटा विराट् पुरुषको वर्णन भेटिन्छ (सहस्रशीर्षा, सहस्राक्ष, सहस्रपात् सभूमिं... । त्यस (विराट्पुरुष) का हजारौं टाउका छन्, हजारौं हात छन्, हजारौं आँखा पनि छन्, हजारौं गोडा पनि छन् । यो ब्रहृमाण्ड जति विस्तृत छ त्यो भन्दा दश अङ्गुल बाहिरसम्म त्यसको व्यप्ति छ (दशांगुलम्) त्यसको मुख ब्राहृमण, हात क्षत्रीय, उरु वैश्य, पाद, शूद्र मानिन्छन् । मुखले बोल्छ, पढ्छ, बोउँछ त्यसो भएको हुनाले यस पृथ्वीमा जति पनि ब्राहृम कर्म गर्ने छन् ती सबै उसका मुख मानिन्छन् । हातले काम गर्दछन् । भारी उचाल्ने, कोदालो खन्ने, लडाइँ गर्ने आदि जति पनि बलको काम छन् ती सबै हातबाट सम्पादित गरिन्छन् ।
अतः उसको बल भनेका हात रूप शासक, नियामक तत्व मानिन्छन् । उद्योग व्यापारमा लागेर संग्रह गर्ने मित्तल, चौधरी, महत्, सुमार्गी, आदि सबै उद्योगी व्यापारी जति वैश्य हुन् । शासकले जम्मा गरो भने त्यो चार हो भ्रष्ट हो त्यो दण्डनीय हुन्छ । यसैले देउवा हुन् कि वा ओली जो जे भए पनि यी भ्रष्ट हुन् । यिनले जनता र देशमाथि नै अपराध गरेको ठहरिन्छ । किनभने यिनीहरू दुई भूमिकामा देखिन्छन् छेत्रीका र वैश्यका । यी पुतनाका आधुनिक अवतार हुन् । आमाको स्नेह देखाएर विषपान गराउने । प्रधान न्यायाधीश भनियुन् या प्रधान सेनापति या मुख्य सचिव पाले पियनदेखि मुख्य सचिवसम्मका सबै ब्युरोक्याट्सहरू शूद्र नै मानिन्छन् । यसरी त्यो विराट्पुरुषले आफूलाई चर, अचर, स्थावर, जंगम, जीव निर्जीव सबैमा व्याप्त बनाएर रहेको छ भनिएको छ । अत :
दोस्रो-एउटा हो ब्ररूम, धेरै हो ब्रह्म
सानो हो ब्रहृम, ठूलो हो ब्रह्म
कर्म, धर्म, सूर्य, चन्द्र दिशा हो ब्रह्म
मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बा हो ब्रह्म
दुवै-यसैले त वेदले सिकायो-अहं ब्रहमास्मि ।।
हो, एकदेखि अनेक र सूक्ष्मदेखि विराट्सम्म सबै ब्रहृम हो । ऊ बाहेक अरू कोही केही पनि छैन । उसैका शारीरिक अवयवमात्र हुन् चर्मचक्षुले देखिनेजति । ज्ञानचक्षुले चाहिँ करोडौं अर्बाैं साधकमध्ये एकात्ले उसलाई मनस्चक्षुबाट अनुभूत गर्नसक्छन् किनभने त्यो अनुभूयमान् मात्रै छ हावा जस्तो । हावा अनुभव हुन्छ तर देखिँदैन । रूपरहित स्पर्शवान् वायुः । क्लेशकर्मविपाकाशयैरपरामृष्टः पुरुषविशेषः ईश्वरः एतदेव ब्रह्म: ।
न्यायशास्त्र, धर्मशास्त्र, पुराण, उपनिषत्, वेद, ब्राहृमण, आरण्यक आदिले भिन्न भिन्न प्रकारका शब्दावलीबाट ब्रहृमलाई चिनाउन खोजेको देखिन्छ तापनि अन्त्यमा आगाको ज्वालामय रूप होस् या स्फुल्लिंगमय रूप होस् आगो नै सिद्ध भए जस्तै ब्रहृम ब्रहृमैव परिभाषितो भवति । यसो भएको कारणले नै ब्रहृमविद् ब्रहृमैव भवति भनिएको पनि हो । वस्तुतः एकै सत्यलाई विज्ञहरू अनेकौं प्रकारले अभिव्यक्त गर्दछन् र त भनियो नि–एकंसद्विप्राः बहुधा वदन्ति भनेर ।
पहिलो–जसलाई बुझेँ त्यो पनि मै हुँ जसले बुझ्यो त्यो मै
जसलाई चिने त्यो पनि मै हुँ जसले चिन्यो त्यो मै
जसलाई जाने, त्यो पनि मै हुँ, जसले जान्यो त्यो मै
आत्मा हो त्यही, ईश्वर हो त्यही, आत्मा या ईश्वर हुँ मै
त्यसैले त हामीले सिकेको अहं ब्रहृमास्मि ।।
श्री कृष्णले अर्जुनलाई बताएका छन् । मनमा म नै ब्रहृम हुँ भन्ने भावलाई दृढतापूर्वक राखेर भोग गरे पोखरीका बीचमा फुलेको कमलको फूल, या पात, डाँठजस्तो पानीले नभिजीकन रहनु सम्भव देखिन्छ पद्मपत्रमिवाम्भसि यसका उदाहरण हुन् राजा जनक, रन्तिदेव, रघु, शिवि, मोरध्वज, प्रहृलाद, शुकदेव आदि ।
दहि मज्जाले पढे, ढुक्क लाग्याे तर म मा ब्रह् जिज्ञासु बन्ने क्षमता आउला जस्तो लागेन।
ब्रहृमजिज्ञासु
थप सामग्री : ब्रहृमजिज्ञासु
थप सामग्री : https://ehimalayatimes.com/2024/07/253363/?sfnsn=wa