प्रताप र नम्रताको स्वरमा ‘बहार’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रताप दास र नम्रता खरेलको स्वरमा रहेको गीत ‘बहार’ सार्वजनिक गरिएको छ । सागर अधिकारी ‘शरद’को शब्द/संगीत, कुमार केसीको मिक्सिङ/मास्टरिङ र विनोदकुमार भुजेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अनिल के मानन्धरको निर्देशन तथा छांयाकन रहेको गीतको भिडियोमा निक्स शर्मा र दिभ्यानी ओलीलाई फिचरिङ गरिएको छ । एक्स-डिक्याम मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको भिडियोमा दिन्सन शाहको सम्पादन छ । नम्रता खरेलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको निर्माता अरुण खरेल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?