ओखलढुंगा । सिद्धिचरण नगरपालिका-४ मा कोदो उत्पादनमा बृद्धि तथा प्रवर्द्धन गर्न ‘कोदो दिवस’ मनाउन शुरु गरिएको छ । हरेक वर्षको साउन १५ गते कोदो दिवस मनाउन शुरु गरिएको हो । सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारमा सन्चालित माझचण्डेश्वरी कृषक समूहले गत वर्ष देखि कोदो दिवस मनाउन शुरु गरेको छ । स्वास्थ्यका हिसाबले निकै नै उपयोगी कोदो उत्पादन गर्न कृषकहरुले छोडेको भन्दै यसको उत्पादनमा बृद्धि गरि प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाउन शुरु गरिएको कृषक समूहका अध्यक्षले बताउनु भयो ।
‘सर्वगुनी कोदोलाई चिनौ, सदावहार सेवन गरी स्वस्थ बनौ’ भन्ने मूलनाराका साथ मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी कोदो दिवस मनाइएको छ । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सन्चालन गरिएको छ । उत्कृष्ट कोदो उत्पादन गर्ने ९ जना कृषकहरुलाई सम्मानसमेत गरिएको छ । आफ्नो बारीमा कोदो उत्पादन गरि समाज स्वस्थ बनाउन सहयोग गरेको भन्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तेजन खनालले दोसल्ला ओढाई सम्मान गर्नुभएकाे थियाे ।
नेपालमा धान, मकै र गहुँ पछि चौथो मुख्य बालीका रुपमा कोदोलाई लिने गरेको पाइन्छ । कोदोबाट बनेका खानेकुरालाई शहर बजार देखि गाउँघर सम्म तुच्छ खानाको रुपमा लिने गरेको पाइन्थ्यो । नेपालका पहाडी जिल्लाहरुमा धान खेती कम हुने र कोदोको खेती बढी हुने हुनाले धान खेती कम हुने परिवारलाई गरिवको संज्ञा दिने गरेको पाइन्थ्यो । कतिपय समाजमा नाम चलेका ब्यक्तिहरुले भित्र कोदोको परिकार खाए पनि बाहिर हात धुन निस्कदा, इज्जत जोगाउन हातमा थोरै चामलको भात लिएर निस्कीने गरेको बुढापाकाहरुले बताउने गरेका छन् । समाजमा आफुलाई धनी र अब्बल देखाउन बजारिया चामल खाने र आफ्नो खेतबारीको अर्गानिक औषधिजन्य कोदोलाई हेला गर्ने परम्पराले गर्दा अधिकांस मानिसहरु रोगी भएको समाजका अगुवाहरुको भनाई छ । बजारमा पाइने सडेको चामलको अधिकतम प्रयोगले मानिसहरु सुगर, प्रेसरलगायतका रोगको सिकार हुने गरेका छन् ।
कोदोको उचित उत्पादन र प्रयोगले समाज स्वस्थ बन्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिने कार्यक्रमका अतिथिहरुले बताएका छन् । पहाडी जिल्लाहरुमा कोदो, प्रमुख उत्पादन भएपनि किसानहरुले कोदो उत्पादन गर्न छोडेको बताएका छन् । अधिकांस युवाहरु रोजगारीका लागि विदेश जान थालेपछि गाउँघरमा बस्ने बुढापाका मान्छेहरुले खेती गर्न नसक्ने अवस्था सिर्जना भएको छ । कोदो उत्पादन गर्न धेरै झन्जटिलो हुने र बेच्दा कम मूल्य आउने भएकाले अधिकांस कृषकहरुले कोदोको खेती नै गर्न छाडेका छन् । कोदोलाई प्रवर्द्धन गर्न रुम्जाटारमा कोदोको केकसमेत बनाउन शुरु गरिएको बताएका छन् । कोदोलाई नचिनेर मानिसहरु रोगी भएको स्थानियको निष्कर्ष छ । शहर बजारका मानिसहरुले कोदोलाई औषधीको रुपमा प्रयोग गर्न शुरु गरेकोसमेत बताएका छन् ।
रैथाने बाली कोदोको उत्पादनमा बृद्धि गर्न तथा प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने नगरप्रमुख तेजन खनालले प्रतिबद्धता जनाउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच