सेयर बजारमा गिरावट

Read Time = 2 mins

काठमाडौं । बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । बुधबार २१.९७ अंकले घटेको बजार बिहीबार थप १.०८ अंकले घटेर १९७२.२९ अंकमा झरेको हो । सूचीकृत दुई सय २५ कम्पनीका ३८ लाख ५५ हजार आठ सय ८६ कित्ता सेयर एक अर्ब ३८ करोड ३४ लाख ६२ हजार एक सय ६२ रुपैयाँ कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

अघिल्लो दिन एक अर्ब १२ करोड मूल्यका २९ लाख ९२ लाख आठ सय ७३ कित्ता सेयर कारोबार भएका थिए । बिहीबार नेपाल टेलिकमको सर्वाधिक १२ करोड २७ लाख पाँच हजार रुपैयाँको कारोबार भएको भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको पाँच करोड ६५ लाख ५४ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको चार करोड ८८ लाख ६५ हजार रुपैयाँ, रिडी पावरको चार करोड १६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारमा आएका १३ मध्ये सात समूहगत सूचक बढ्दा छवटा घटेको छ । हिमालयन इभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक दुवैमा सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाइड्रोपावर ६.५८, महुली लघुवित्त ५.८४, सप्तकोशी डेभलपमेन्ट बैंक ५.२२, प्रोग्रेसिभ फाइनान्स ३.८२, लिवर्टी इनर्जी लिमिटेड ३.७८, बिन्ध्यवासिनी हाइड्रोपावर ३.६२, अपर सोलु हाइड्रोपावर ३.४६ र बलेफी हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.४१ प्रतिशतले सेयर मूल्य बढेको छ । तर, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन सर्वाधिक ४.३८, गणपति लघुवित्त ४.०१, मैलुङखोला जलविद्युत् ३.६७, एनआइबिएल समृद्धि फण्ड ३.१३ र नेपाल पुनर्बीमा कम्पनीको तीन प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?