काठमाडाैं । संसदीय समितिका सभापतिहरुले लगातार संसदको बैठक नराख्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् ।
बुधवार संसदीय समितिका सभापतिहरुसँगको छलफलमा सभामुख घिमिरेसँग सांसदहरुले लगातार संसदको बैठक राख्दा समितिको बैठकमा सांसदहरुको गणपूरक संख्या नपुग्ने समस्या आएको बताएका हुन् ।
उनीहरुले संसदको बैठकपछि सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जाँदा समस्या समिति बस्न समस्या भइरहेकाले दिन बिराएर संसद र समितिको बैठक राख्न आग्रह गरेका हुन् ।
छलफलबारे जानकारी दिँदै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुद खानले सभामुख घिमिरेले समितिमा विधेयकको अवस्थाका बारेमा चासो राख्नुभएको बताउनु भयो ।
उहाँले समितिलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका बारेमा पनि छलफल भएको बताउनु भयो । संशोधन कर्ताहरु धेरै भएका कारण समितिको हल सानो भएकाले ठाउँको व्यवस्थापन गर्न सभापतिहरुले आग्रह गर्नुभएको बताउनु भयो । मन्त्रीहरुले समितिलाई प्राथमिकतामा राखेको पनि सभापतिहरुले बताउनुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आज सम्माननीय सभामुखज्युले मान्य समिति सभापतिज्युलाई बोलाउनु भयो । कुन समितिमा कतिको विधेयकहरु रहेको छ, अहिलेको अवस्था के छ, छलफल कहाँसम्म पुगेको छ, कहिलेसम्म टुंगो लाग्छ, यस विषयमा जिज्ञासा राख्नुभयो । समितिमा के कस्ता समस्याहरु छन्, बैठक गर्न के अफ्ठ्यारो भइरहेको छ, कसरी बैठक गर्दा प्रभावकारी हुन्छ, बैठकहरु छिटो, छरितो तरिकाले कसरी ल्याउन सकिन्छ, भन्नेबारेमा छलफल भयो । यसमा सबै सभापतिजीहरुले आफ्नो धारणा राख्नुभयो । कसैकोमा विधेयक छ, कसैकोमा छैन, कसैकोमा ४ वटा छ कसैकोमा एउटा छ । सबैले आफ्नो कुराहरु राख्नुभयो । के कसरी सेड्युलहरु बनाइँदैछ, सचिवालयले कसरी काम गर्दैछ ? कसरी छलफल हुँदैछ, कहिलेसम्म टुंगो लाग्दैछ भन्ने कुरा राख्नुभयो । धेरै मान्यज्युहरुले के भन्नुभयो भने हलको समस्या भयो, संशोधनकर्ता मान्यज्युहरु धेरै भए, समितिको बैठक बस्न अफ्ठ्यारो भइरहेको छ । दुई तीन दिनसम्म लगातार संसदको बैठक भएपछि फेरि समितिको बैठक बस्न समस्या हुन्छ, कोरम पुग्दैन, मान्यज्युहरु आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ । एकदिन सदनको बैठक र अर्कोदिन समितिको बैठक राख्ने भनेर मान्यज्युहरुको सुझाव आयो । बस्ने ठाउँहरुको व्यवस्थापन कसरी गर्ने ? भन्नेकुरा पनि छ । अहिले सुधार गर्नसक्ने स्थिति छैन, अहिलेकैमा व्यवस्थापन गर्ने र महासचिवलाई कुरा गरेर कृषि समितिको हलमा व्यवस्थापन गर्न सकिने कुरा आयो । आर्थिक अवस्थाको बारेमा पनि कुरा भयो । खाजा समेत खुवाउन नसकिने कुरा आयो भनेपछि सभामुखज्युले आर्थिक रुपमा यो वर्ष गत वर्षको भन्दा बढेको रहेछ, त्यसकारण त्यस्ता समस्या आउँदैनन्, ति समस्या खाजा, चियाको समस्या समाधान हुन्छ भन्नुभयो । लाइभ गरिदिँदा सेन्सेटिभ कुराहरु बाहिर जाने भन्नेकुरामा छलफल गरेर अघि बढ्ने कुरा आयो । मन्त्रीहरुले समितिलाई प्राथमिकतमा राखेको कुरा आएको छ । सरकारलाई केही दिनसम्म बिजनेस नहुँदा के गर्ने ? कसरी अघि बढ्ने भन्नेकुरा राख्नुभयो । यसमा सबैले आफ्नो धारणा दिनुभयो । समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरु पारित गरी संसदमा पु¥याउँ भन्ने निर्देशन भएको छ ।’
सरकारलाई केही दिनसम्म बिजनेस नहुँदा के गर्ने ? कसरी अघि बढ्ने भन्नेकुरामा पनि छलफल भएको बताउनु भयो । समिति प्रभावकारी बनाउन सदन भएको दिन पनि बैठक बस्ने व्यवस्था गर्ने र छिटो भन्दा छिटो विधेयकहरु पारित गरी पेश गर्न सभामुख घिमिरेले निर्देशन दिनुभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच