काठमाडौं । महिला टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालकी सीता रानामगरले पाँच स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को पछिल्लो वरीयताक्रममा सीता ५३औँ स्थानमा रहनुभएको छ ।
यस्तै रुबिना क्षेत्री एक स्थान खस्किएर ४९औँ स्थानमा हुनुहुन्छ । राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माले एक स्थान सुधार गरेर ६६औँ नम्बरमा पुग्नुभएको छ भने अन्य नेपाली अलराउन्डर शीर्ष सयभित्र छैनन् ।
यस्तै ब्याटिङ र बलिङको वरीयतामा कुनै पनि नेपाली खेलाडी शीर्ष सयभित्र परेका छैनन् । नेपालले हालै एसिया कपमा प्रतिस्पर्धा गर्दै युएईलाई हराएको थियो भने पाकिस्तान र भारतसँग हार बेहोरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच