तम्घास बजारको मूख्य स्थान सरसफाइ

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सडकमा कुचो लगाउनु हुँदै । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको मूख्य स्थानमा सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय, सहिद चोक, बालमन्दिर परिसर लगायतका तम्घासको मूख्य स्थानमा सरसफाइ गरिएको हो ।

सरसफाइ गर्नका लागि रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी स्वयम् आफै हातमा कुचो लिएर उक्त स्थानमा पुग्नुभएको थियो । त्यस ठाउँमा नगरप्रमुख सँगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र नगरपालिकाका कर्मचारीहरु हातमा कुचो लिएर उपस्थित हुनुभएको थियो ।

नगरप्रमुख पन्थीले सफा र स्वच्छ नगर बनाउने अभियान अन्तर्गत तम्घासको यी स्थानमा सरसफाइ गरिएको बताउनुभयो । नागरिकको चहलपहल पनि बढि हुने भएकाले सरसफाइमा विशेष यस्ता महत्वपूर्ण स्थानहरुको सबैले सरसफाइमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । संबद्ध सबै पक्षको सहकार्यमा सफा शहर निर्माण गर्न सकिने नगरप्रमुख पन्थीले उल्लेख गर्नुभयो ।

“बजारमा कुहिने-नकुहिने फोहोर संकलनका लागि ठाउँ-ठाउँमा डस्बीन राखिएको छ ।” नगरप्रमुख पन्थीले भन्नुभयो, “तर सम्बन्धित डस्बीनमा फोहोर नराखी जथाभावी फोहर फालेको पाइएको छ ।” यसले शहरको सुन्दरतालाई कुरुप बनाउँछ ।

सबैले फोहोरलाई उचित ठाउँमा राखियो भने बजार दुर्गन्धित नहुने र सफा शहर हुने नगर प्रमुख पन्थीको भनाइ छ । सुन्दर, सफा र स्वच्छ शहर बनाउने हाम्रो उद्देश्य हो । यो अभियानलाई सबैले वृहत रुपमा अगाडी बढाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?