जमैका तल्लावासबाट सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेष्ट इण्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने हुनुभएको छ । ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो ।

प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरेछ । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता अगष्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा तीन टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ सिपिएलकै ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । ६० बलको एक इनिङ रहने सो प्रतियोगितामा सुरुको ३० बल पिचको एक इण्डबाट गर्नुपर्नेछ । बाँकी ३० बल अर्को इण्डबाट गर्नुपर्ने हुन्छ । २- ४५ मिनेटभित्र एक इनिङ सकाउनुपर्ने छ । ४५ मिनेटमा एक इनिङ नसकिएमा अन्तिम ओभरमा फिल्डर गुमाउनुपर्ने छ । ब्याटिङ टिम ६ विकेट गुमाएपछि अलआउट हुनेछ । एक बलरले २ ओभरमात्र बलिङ गर्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?