ओखलढुंगा । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले रिक्त नभएको पदमा पदपूर्तिको सूचना जारी गरी परीक्षा लिन लागेको खुलासा भएको छ ।
गाउँपालिकाले २०८१ साल साउन १ गतेको मितिमा विभिन्न ५ वटा रिक्त रहेको पदमा करार सेवामा पदपूर्ति गर्ने सुचना जारी गरेको थियो । उक्त सुचनामा फिल्ड सहायक तह राजपत्र अनङ्कित द्वितिय श्रेणी पदमा पदपूर्तिका लागि सुचना आव्हान गरिएको छ । फिल्ड साहायक पदमा कमल प्रसाद घिमिरे कार्यरत रहेको चिशंखुगढी गाउँपालिकाकै वेभसाडमा देखिन्छ ।
सेटिङ्ग गरेर आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि दरबन्दी खाली नगरी पदपूर्तिको सुचना जारी गरेको स्थानियबासीले गुनासो गरेका छन् । फिल्ड सहायकमा कार्यरत घिमिरेलाई एमआईएस अपरेटरमा जागिर खुवाउन यो सबै प्रपञ्च रचेको स्थानियको भनाई छ ।
गाउँपालिकाले जारी गरेको उम्मेदवारको प्रारम्भिक योग्यताक्रमको सुचिमा घिमिरेको १ नम्बरमा नाम रहेको छ । घिमिरेका बुवा बालाराज घिमिरे स्थानिय तह २०७४ साल र २०७९ सालको चुनावमा चिशंखुगढी गाउँपालिका वडा नं २ को नेकपा माओबादी केन्द्रको तर्फबाट वडासदस्यको उम्मेदवार समेत हुनुहुन्थ्यो ।
चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिताराम राईले दरबन्दी खाली भएर नै सुचना जारी गरी पदपूर्ति गर्न लागेको बताउनु भयो । बाहिर आएको सुचना गलत हो, वेभसाइडमा आइटीअफिसर नभएका कारण फिल्ड सहायक कर्मचारीको नाम हटाउन नसकिएको बताउनु भयो । साथै उहाँले फिल्ड सहायक कर्मचारी कमल प्रसाद घिमिरेको असार महिनामै करार सम्झौता नगरिएको पनि बताउनु भयो ।
असार मसान्तमा घिमिरेको करार अवधी सकिएको र करार म्याद थप नगरी साउन १ गतेको मितिमा प्रकाशन गरेको पदपूर्ति सम्बन्धीको सुचनानुसार एमआइएस अपरेटर पदमा पहिलो नम्बरमा योग्यताक्रमको सूचीमा घिमिरेको नाम हुनुले घिमिरेलाई नै जागिर खुवाउन प्रपञ्च रचिएको स्थानियबासीले आरोप लगाएका छन् । सेटिङ्गमा जागिर खुलाउँदै आफ्ना मान्छेलाई जागिर खुवाउनुले क्षमतावान नागरिकलाई पछाडी पारिएको चिशंखुबासीले गुनासो गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच