
धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्री र राज्यमन्त्रीले शपथ लिनुभएको छ । उहाँ एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री बन्नुभएकाे हाे ।
दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुनु हो।
आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको शाहलाई सोमबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाहसहित ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाले शपथ खुवाउनु भयो।
त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शाहले शपथ गराउनु भएको हो ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री शाहसहित आर्थिक मामिला मन्त्रीमा कञ्चनपुरका बहादुर सिहं थापा, सामाजिक विकास मन्त्रीमा अछामका मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा कैलालीका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा डडेल्धुराकी सरस्वती खड्काले शपथ लिनुभयो ।
यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा बैतडीका शुरेन्द्र पाल, भूमी, ब्यवस्था कृषि तथा सहकारी मन्त्रीमा कञ्चनपुरका वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनपुरका हिरा सार्कीले शपथ खानुभयो । भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा डोटीकी निर्मला साउँदले शपथ लिनुभयो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको शपथ लिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच