पोखरा । बागलुङको बडिगाडमा पहिरोमा परेर घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर गएको छ । नेपाली सेनाको हेलिकोप्टर मंगलबार नै गएपनि मौसम प्रतिकुलताका कारण ल्याण्ड हुन नसकेर बागलुङ फर्किएको थियो ।
बडीगाड गाउँपालिका ९ र १० मा मंगलबार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएका छैनन् । बुधबार बिहानै हेलिकोप्टर पुनः घटनास्थलतर्फ उडेको बागलुङ प्रहरीले जनाएको छ । हेलिकोप्टरमा २ जना डाक्टर र प्रहरी समेत गएका छन् ।
बडिगाडको ९ र १० नम्बर वडाका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
घाइतेमा २६ वर्षीय ओमप्रसाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।
पहिरोबाट दौडिएर भाग्न र उम्कनै नसक्ने उमेरका ३ महिनाकी शिशुदेखि नाबालकदेखि ७० वर्षीया वृद्धासम्मले ज्यान गुमाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच