बर्लिन । एट्लेटिको म्याड्रिडले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई आठ करोड १० लाख पाउण्ड मूल्यमा अनुबन्ध गर्ने सहमति गरेको छ । सिटीले सबैभन्दा बढी मूल्यमा बिक्री गर्न लागेको यो कीर्तिमान हो ।
यसअघि सिटीले सन् २०२२ मा रहिम स्टर्लिङलाई पाँच करोड पाउण्डमा बिक्री गरेको थियो । पूरा स्थानान्तरण प्रक्रियालाई अल्भारेजले व्यक्तिगत रूपमा सहमति दिन बाँकी छ, यद्यपि यसमा कुनै समस्या नहुने विश्वास छ ।
उहाँले पेरिस ओलम्पिकबाट अर्जेन्टिनी घर फर्केपछि यसबारे अन्तिम निर्णय गर्नुहुनेछ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उहाँलाई टिममै कायम राख्न चाहनुभएको थियो । तर, सिटीले खेलाडीको इच्छाविपरीत निर्णय गर्न चाहेन । यसअघि इल्काये गुन्डोगन, रियाद महारेज र आयमेरिक लापोर्टेले पनि क्लब छाड्न चाहेका बेला सिटीले त्यसमा कुनै अवरोध गरेको थिएन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच