काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको संगीत एवं संगीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।
गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।
नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुहुन्छ । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताउनुभयो । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।
गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवं निर्देशन गरको निर्देशक प्रदीपले बताउनुभयो । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताउनुभयो । गीतको भिडियो पिआर इन्टरनेन्टमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच