प्रधानमन्त्रीले सदनको गतिरोध खुलाउन गरेको छलफल निष्कर्षविहीन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भोली (मंगलबार) बजेट प्रस्तुत गर्नु अघि सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्ष विहीन भएको हो ।

प्रधानमन्त्री प्रचण्डको आह्वानमा कांग्रेस, एमाले, माओवादी, रास्वपाका शीर्ष नेताको बैठकमा कांग्रेसले आफ्नो मध्यमार्गी प्रस्ताव प्रधानमन्त्रीलाई बुझाएर फर्किएको कांग्रेस  सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयाे ।

साढे दुई घण्टासम्म चलेको छलफलमा सहमति नभएपछि आजै साँझ पुनः प्रधानमन्त्रीसँग कांग्रेसले छलफल गर्ने भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?