काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई आवश्यक कागजको विवरण मात्र पठाएको बताउनु भएको छ ।
प्राधिकरणले नमागेका कागज पनि पठाएको भन्ने समितिको भनाइ आएको बेला निर्देशक घिसिङले यस्तो बताउनु भएको हो ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, 'सम्बन्धित डकुमेन्ट हामीले पठाएको हो। उहाँहरूले टिओटी मात्र बुझ्नुहुन्न भनेर सम्बन्धित डकुमेन्टहरू पठाएका छौँ। उहाँहरूलाई हेर्न सहज होस भनेर। अनावश्यक डकुमेन्ट हामीले पठाएका छैनौँ।'
यता समितिले भने माग्दै नमागेका १ लाख पेजभन्दा बढी कागज प्राधिकरणले पेस गरेको बताएकाे छ ।
समितिले टाइम अफ डे (टीओडी) डाटा, मनोज मिश्र समितिको प्रतिवेदन र सञ्चालक समितिको निर्णय कार्यान्वयनको अवस्थाको प्रतिवेदन मागेको थियो।
निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण प्राधिकरणसँग रहेको बताउनु भयो ।
'म २०७३ साल भदौमा आएको हुँ। यो लागु भएको २०७२ साल साउनदेखि हो। त्यसपछि प्राधिकरणले सम्पूर्ण डेडिकेटेड र ट्रंक लाइनको व्यवस्थित गरेर बिलिङ गरेका छौँ। आगामी दिनमा उद्योगी साथीहरूले तिर्नुहुन्छ भन्ने विश्वास लिएको छु।' उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच