काठमाडौं । नेपाल टेलिकमले आफूले हेर्न चाहेको टिभी च्यानलको मात्रै शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्ट शुल्क प्रणाली लागू गर्ने निर्देशनअनुसार आफ्ना टिभी च्यानल एनटिटिभीमा आलाकार्ट लागू गरेको छ । जसअन्तर्गत बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकताअनुसार बोउक्विट प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था गरेको छ । बेसिक प्याकेज लिएका ग्राहकले हालका लागि आफ्नो आवश्यकताअनुरूप प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुरुका तीन महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेजसहितको वार्षिक प्याकेज सब्सक्रिप्सन गर्ने ग्राहकका लागि अफरका रूपमा तीन सय ६० रुपैयाँ प्रतिमहिना दरमा प्रिमियम प्याकेज उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । सोअनुसारको वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको ट्यारिफ ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न नजिकको टेलिकम काउण्टरमा सम्पर्क गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बाउक्विट प्याकेज खरिद गर्न टिभीको मेनुमा गएर आफंै खरिद गर्न सक्ने कम्पनीका प्रवक्ता हरि ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच