दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको अस्थायी प्रहरी पोष्टको भवन जीर्ण र चुहिने भएको छ। नगरपालिका नजिकै रहेको गोकुलेश्वर अस्थायी प्रहरी पोष्टको भवन मर्मत सम्भारको अभावका कारण जीर्ण बन्दै गएको हो ।
१० जना प्रहरी र दुई जना ट्राफिकसहित १२ जना प्रहरी कर्मचारी बस्ने गोकुलेश्वर प्रहरी पोष्टको भवन सम्बन्धित निकायले बेवास्ता गर्दा पुनः निर्माण हुन सकेको छैन । जीर्ण बनेको भवन गोकुलेश्वर विमानस्थलको हो । उक्त भवन द्वन्दकालमा क्षतबिक्षत भएको थियो ।
भत्किएको भवनलाई केही मर्मत गरेर २०६८ सालदेखि प्रहरी सोही भवनमा बस्दै आएका छन् । स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारसम्मलाई गुहार्दा पनि अस्थायी प्रहरी पोष्टको भवन निर्माण नभएको एक प्रहरी कर्मचारीले बताए ।
नगरपालिका नजिकै रहेको प्रहरी पोष्टको अवस्थाको बारेमा स्थानीय सरकारसमेत मौन रहेको देखिन्छ । स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र केन्द्रीय तहका नेताहरुसमेत जीर्ण भवनको सवालमा नजरअन्दाज गरिरहेका छन् । उक्त जीर्ण भवन पानी पर्दा, हावाहुरी चल्दा प्रहरीले सास्ती खेप्नु परेको छ ।
टिनको छानो चुहिने र सुत्ने कोठामा झ्याल ढोकासमेत नहुँदा सुतेको बेला कतिखेर भत्किएर मरिन्छ भन्ने डर भएको प्रहरीको गुनासो छ । उक्त भवनबाट सेवा प्रवाह गरिरहेका कार्यरत प्रहरीहरुलाई खान, बस्न निकै समस्या रहेको छ ।
जिल्लाका अन्य अस्थायी प्रहरी पोष्टको अवस्था समेत दयनिय छ । यसमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्न सकेका छैनन् । जसकारण नागरिकको सुरक्षामा खटिने प्रहरीले सास्ती खेप्नु परेको छ ।
-गणेश सिंह धामी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच