सिन्धुली । सिन्धुलीमा लागु पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध जिल्ला प्रहरीले अभियान सुरु गरेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रम गदैँ आएको प्रहरीले शुक्रबारबाट जिल्लामै पहिलो पटक चालक र सहचालकले लागु पदार्थ सेवन गरेको, नगरेको परीक्षण अभियान सुरु गरेको हो ।
जिल्लाभित्र रहेका मुख्य तीन मार्गहरु विपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चालक र सहचालकको रक्तचापको अवस्था, आँखा जाँच लगायत मादक पदार्थ सेवन गरेको, नगरेको चेकजाँच सुरु गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय, सिन्धुलीले स्वास्थ्य कार्यालय, सिन्धुलीसँगको समन्वयमा जिल्लामै पहिलो पटक विपी राजमार्गमा चल्ने ३८ वटा सवारी साधनका चालक र सहचालकले लागु पदार्थ सेवन गरेको, नगरेको परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा बस र ट्रक चलाउने दुई जना चालक र एक जना सहचालकले लागु पदार्थ सेवन गरेको भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पिसाव ड्रग किट्समा राखेर चेक गर्दा लागु पदार्थ सेवन गरेको प्रमाणित भएको थियोे ।
ती तीनै जना चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरुलाई लागु औषध नियन्त्रण ऐनअनुसार कारर्वाही गरिने भएको छ ।
‘सवारी साधन चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुन्छ । यही जोखिमलाई ध्यानमा राख्दै आजबाट सुरु गरिएको सवारी चालक र सहचालकले लागु पदार्थ सेवन गरेको, नगरेको पत्ता लगाउन थालिएको परीक्षण अभियान निरन्तर जारी राख्ने छौँ,’ प्रहरी उपरिक्षक काफ्लेले भन्नुभयो, “हामी फरक ठाउँमा फरक समयमा परीक्षण गछौँ । र कसैले लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको भेटिएमा कानूनी कारर्वाही गर्ने छौँ ।”
यहाँका मुख्य सडकहरुमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ । जिल्लामा हुने अधिकांश सवारी दुर्घटना तीव्र गति र मादक पदार्थ तथा लागु पदार्थ सेवन गरेर चलाउँदा हुने गरेको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी भरत खनालले लागु पदार्थ दुव्र्यशनी देशभर व्यापक रुपमा बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सवारी साधनका चालक तथा यस क्षेत्रमा काम गर्ने व्यक्तिहरुले विशेषगरी लागु पदार्थको ओसारपसार र लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको उहाँको थियो ।
‘विशेषगरी सवारी चालकहरुले लुकाएर लागु पदार्थ एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने गर्नुहुन्छ, यो राष्ट्रको लागि जटिल समस्या भएको छ,’ प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “सडकमा लापसे चेकजाँच गरेर हामीले तपाईहरुलाई दुख दिएको होइन, यो कार्य तपाईहरुको सुरक्षाकै लागि गरिएको हो ।”
उहाँले लागु पदार्थ सेवन रोक्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले सिन्धुली प्रहरीको सक्रियताको प्रसंशा गदैँ यी र यस्ता अभियानले सवारी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । कसैले पनि नियम विपरीत तथा दण्डनीय कार्य गर्न नहुने उहाँको भनाई थियो ।
जिल्ला ट्राफिक कार्यालय, सिन्धुली प्रमुख मञ्जु कुमारी रानाले ट्राफिक नियमको पूर्ण पालना गरेर मात्रै सवारी साधन चलाउन आग्रह गर्नुभयो । ट्राफिक नियम विपरित सवारी चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागु पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल खबर गर्नुहुन अनुरोध गर्नुभयो ।
सिन्धुली प्रहरीले ट्राफिक नियमका बारेमा सवारी चालक, यात्रु र अन्य सर्वसाधनणलाई सचेतसमेत गराउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच