हेटौंडा । मानसिक सन्तुलन गुमाएका मकवानपुरको मनहरीका हिरालाल थिङलाई खोरबाट उद्दार गरिएको छ । लामो समयदेखि खोरमा थुनिएका थिङलाई सिआन पुर्नस्थापना केन्द्रले उद्दार गरेको हो ।
मनहरी गाउँपालिका–१ का २३ वर्षीय थिङको हेटौंडा–९ लामसुरेहाइटस्थित सिआन पुर्नस्थापना केन्द्रले उद्दार गरी उपचारको सोत जिम्मा लिएको छ । विगत छ महिनादेखि सञ्चार माध्यममा हिरालालको समाचार प्रकाशित भएपछि गाउँपालिका, मानव अधिकार आयोग र सामाजिक विकास मन्त्रालयलाई समेत ध्यानाकर्षण गराइएको थियो । लामो समय बितिसक्दा पनि हिरालालको उद्दार भने हुन सकेको थिएन । हिरालालको अवस्थाबारे सम्बन्धित निकायले गम्भिर्तापूर्वक चासो नदेखाएको अवस्थामा सिआन पुर्नस्थापना केन्द्रका संचालक सौजन डिसीले उनको उद्दार र उपचार गर्ने जिम्मा लिएका छन् ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीसंग समन्वय गरी उहाँले उपचारको खर्च गाउँपालिकाले व्यहोर्ने गरी सम्पूर्ण जिम्मेवारी लिएर हिरालाल थिङको शुक्रबार उद्दार गर्नुभएको हो ।
मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिव प्रसाद खनालले उपचार सम्भव नदेखिएपछि मानवसेवा आश्रमले घरमै ल्याएर छोडेका हिरालाललाई सिआनले उपचार गर्ने जिम्मेवारी लिएकोमा खुशी व्यक्त गर्नुभयो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाले उपचारको लागि आवश्यक खर्च सबै व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । सियानले मानसिक अवस्था ठिक नभएको बिरामीको उपचारको लागि जिम्मा लिएकोमा खुसी व्यक्त गर्दै धन्यवादसमेत दिएका छन् ।
सियान पुर्नस्थापना केन्द्रका संचालक सौजन डिसीले छ महिनामा हिरालाललाई निको बनाउने विश्वास लिएको बताएका छन् । केही समय अगाडि पनि मानसिक अवस्था ठिक नभएको बिरामी ल्याइ उपचार पश्चात निको पारेको बताउँदै तत्काल उपचार प्रक्रिया अगाडि बढाएर हिरालाललाई निको बनाएर मात्र परिवारको जिम्मा लगाउने प्रतिबद्धता जनाएका छन् ।
मनहरी गाउँपालिका प्रतिनिधि, मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिव प्रसाद खनाल, गैरसरकारी संस्था मकवानपुरकि अध्यक्ष रमिला सापकोटा, स्थानीय प्रहरी, सियान पुर्नस्थापना केन्द्रका उद्दार टोली, गाउँपालिकाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीको उपस्थितिमा हिरालालको उद्दार गरिएको हो ।
हिरालालको मानसिक अवस्था ठिक नभएको र उपचार गर्दासमेत ठिक नभएको भनी परिवारले लामो समयदेखि घर नजिकै ब्लकले बनाएको सानो खोरमा थुनेर राखेका थिए । मानसिक रुपमा अस्वस्थ भएका कारण उनले शरीरमा कुनै कपडा लाउन नमान्ने र गाउँमा उच्छृङ्खल काम गर्दै हिड्ने समस्या भएकाले परिवार बन्द कोठामा थुनेर राख्न बाध्य भएकाे थियाे । मानसिक रुपमा अपाङ्गता भएकै कारण बत्तीसमेत नभएको सानो कोठामा हिरालाल कष्टपूर्ण जीवन बिताइरहेका थिए । हिरालालका बुबा भीमबहादुर थिङ छोराले नयाँ जीवन पाउन लागेको भन्दै निको बनाएर मात्र घर ल्याइदिन अनुरोध गर्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच