पेरिस । अमेरिकाले पेरिस ओलम्पिकमा आफ्नो अग्रतालाई कायम राखेको छ । प्रतियोगितामा शुक्रबार मध्याहृनसम्म अमेरिकाले ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित १०३ पदकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अमेरिकालाई चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्य पदकसहित कुल ७३ अंकसहित पछ्याइरहेको छ ।
अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्य पदकसहित कूल ४५ पदक जितेको छ । त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित कूल ५१ पदक जितेको छ ।
पदक तालिकामा छैटौं स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २८ पदक जितेको छ भने जापान १३ स्वर्ण, सात रजत र १३ कास्यसहित ३३ पदक जित्दै सातौं स्थानमा रहन सफल भएको छ । आठौं स्थानमा रहेको नेदरलयाण्ड्सले ११ स्वर्ण, छ रजत र आठ कास्यसहित कुल २५ पदक जितेको छ भने इटाली १० स्वर्ण, ११ रजत र नौ कास्यसहित कुल ३० पदक जित्दै नवौं स्थानमा छ । जर्मनी नौ स्वर्ण, आठ रजत र पाँच कास्यसहित कुल २२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।
त्यसैगरी हालसम्म क्यानडाले ६ स्वर्ण, न्युजिल्याण्डले पाँच स्वर्ण, हंगेरी र आयरल्याण्डले चार/चार स्वर्ण, रोमानिया, युक्रेन, स्वीडेन र काजकिस्तानले तीन-तीन स्वर्ण जितेका छन् । यस्तै ब्राजिल, स्पेन, इरान, क्रोएसिया, क्युवा, अजरबैजान, बेल्जियम, हङकङ, फिलिपिन्स, सर्बिया र इण्डोनेशियाले समान दुई/दुई स्वर्ण जितेका छन् ।
त्यसैगरी इजरायल, काजकिस्तान, जमैका, थाइल्याण्ड, स्वीजरल्याण्ड, डेनर्माक, जर्जिया, इक्वेडर, ग्रीस, पोल्याण्ड, केन्या, साउथ अफ्रिका, अर्जेन्टिना, चिली, सेन्ट लुसिया, युगाण्डा, चाइनिज ताइपेई, बुल्गेरिया, अट्रिया, चेकिया, ग्वाटेमाला, मोरक्को, नर्वे, अल्जेरिया, बोत्सवाना, बहराइन, डोमिनिका, पाकिस्तान र स्लोभेनियाले समान एक–एक स्वर्ण पदक जितेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच