सुर्खेत । कर्णाली प्रदेश खेलकुद परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । आगामी मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो (प्रतीक चिहृन) र मस्कटसमेत सार्वजनिक गरिने भनिएको थियो तर गीतमात्रै सार्वजनिक गरिएको हो ।
कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शनिबार एक कार्यक्रमबीच गीत सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन १०० दिनको काउन्ट डाउन सुरु भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सार्वजनिक गरिने भनिएको लोगो र मस्कट ब्यानरमा राखिएको थियो । जसमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा राखिएको छ । प्रतीक चिहृनमा सातवटा रंग, सातवटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी रेखाकृतिमा राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच