-नृपेन्द्र बहादुर मल्ल
मुगु । सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा वाक्य सहितको तस्बिर भाइरल बन्यो । उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिका स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विश्वकर्माको थियो ।
तस्बिर माथि क्याप्सनमा लेखिएको थियो दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे । जातीय छुवाछुत सम्बन्धी यो तस्बिर बारे बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ । तर, उहाँले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताउनु भयो ।
‘ सबै गाउँलेहरूले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भन्नुभयो ‘तर केही मान्छेले भने दलितले छोएको औषधी नखाने भनेकै हुन् । यो कुरा एक-दुई महिना पहिलेकै हो ।
उहाँले उक्त कुरा अरू कसैलाई नभनेर घरपरिवारलाई मात्र भनेको स्वीकार्नु भयो । 'मुगुमा आएपछि स्वास्थ्य चौकी नजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको थिएँ ‘मैले कहिँ कतै मिडियामा यस्तो कुरा गरेको थिइनँ। अहिले आएर कस्ले कसरी भाइरल गर्यो त्यो थाहा भएन । मेरो घर दाङको तुल्सीपुर हो, म मुगु आएको एक वर्ष भयो । मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ ।' तुलसाले प्रष्ट पार्नुभयो ।
सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटनाबारे जानकारी पाउने बित्तिकै आफू खनायाँ पुगेको र मङलबार विहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिवेक्षक, राजनैतिक दल र पीडित महिलासहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताउनु भयो ।
छलफलमा पीडित भनिएकी महिलाले आफुलाई त्यस्तो कुनै दवाव नभएको बरु साँझ युवा केटाहरुले जिस्काएकाे,घरपेटीले कोठा छोड्न दवाव दिएको र यति दिन बस्दा केही नभन्ने अहिले आएर कोठा छोड्न दवाव दिएपछी आफुले दलित भएकै कारण दवाव बढेको महसुस गरेको सुनाउनु भयो ।
तुल्साका घरवेटी स्वास्थ्य चौकी खनायाँका इन्चार्ज सुरज शाही हुनु हाे । उहाँले तुल्सा आफ्नै स्टाफ भएको र उनलाई आफैँले आफ्नो घरको कोठा भाडामा दिएको बताउनु भयाे । उनी कुन जातको हो आफूलाई पहिले नै थाहा भएरै काेठा दिएकाे बताउँदै उहाँले अहिले आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा उनलाई कोठा खाली गर्न भनेकाे बताउनु भयाे । कसरी यस्तो झुटो हल्ला फैलियो भन्नेमा आफैँ छक्क परेको उहाँले दुखेसाे गर्नुभयाे ।
साे गाउँमा बस्ने कोठा अन्य घरमा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढी आउनु भएको छ । सदरमुकाम गमगढीबाट स्वास्थ्य चौकी खनायाँ पुग्न गाडिमा ४ घण्टा लाग्छ । समयमा गाडि नपाउने अर्काे समस्या छ । उहाँ अब जागिर स्थलमा कसरी पुग्ने भनेर तनावमा रहेकाे बताउनुहुन्छ ।
'खबर पाउनेबित्तिकै म त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) पुगेको थिएँ। म तुल्साजीसँगै सदरमुकाम फर्किएको छु' उपाध्यक्ष शाहीले भन्नुभयो . ‘तुलसाजी पनि मसँगै हुनुहुन्छ । उहाँको नम्बरमा धेरैको फोन आएपछि तनाव भएर माेबाइल अफ गर्नुभएको उपाध्यक्षा शाहीले बताउनु भयाे । बस्नको लागि खनाया गाउँमा नभएपनी नजिकको गाउँहरुमा व्यवस्था गर्ने समेत उहाँले बताउनु भयाे ।
साे समाचार बारे विहान छलफल भएकाे र घटनाबारे प्रहरी प्रशासनले सुष्म अनुसन्धान गर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले काेही दोषी देखिए प्रकृया पुर्याएर कारवाहि गरिने बताउनु भयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच