पेरिस । पेरिस ओलम्पिक २०२४ मा अमेरिका शीर्ष स्थानमा रहन सफल भएको छ । स्वर्णमा चीनसँग समान पदक जिते पनि रजतमा अघि रहँदै अमेरिका पहिलो भएको हो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य गरी कुल १२६ पदक जित्यो । दोस्रो भएको चीनले पनि ४० स्वर्ण नै जित्यो । चीनले २७ रजत र २४ कांस्य गरी ९१ पदक हात पार्यो ।
पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण जित्दै चीनसँग स्वर्ण पदकको संख्या बराबरी गरेको थियो । यससँगै शीर्ष स्थानको टुंगो रजत पदकबाट भएको हो । अन्तिम दिन अष्ट्रेलियालाई पछि पार्दै जापान तेस्रो भयो । जापानले २० स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्दा अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कांस्य पदकसहित कुल ५३ पदक हात पार्यो ।
त्यसैगरी पाँचौँ स्थानमा रहेको आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कुल ६४ पदक जितेको छ । नेदरल्याण्ड्स १५ स्वर्ण, सात रजत र १२ कांस्य पदकसहित छैटौँ स्थानमा रहेको छ भने ग्रेट ब्रिटेन १४ स्वर्ण, २२ रजत र २९ कांस्य पदकसहित सातौँ स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कांस्य पदक जितेको छ भने इटालीले १२ स्वर्ण, १३ रजत र १५ कांस्य पदक जितेको छ । त्यस्तै जर्मनीले १२ स्वर्ण, १३ रजत र आठ कांस्य पदक जितेको छ भने न्युजिल्याण्डले १० स्वर्ण, सात रजत र तीन कांस्य पदक जितेको छ । त्यसैगरी क्यानडाले नौ स्वर्ण, सात रजत र ११ कांस्य पदक जितेको छ भने उज्वेकिस्तानले आठ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको छ ।
त्यसैगरी हंगेरीले ६ स्वर्ण, सात रजत र ६ कांस्य पदक जितेको छ भने स्पेनले पाँच स्वर्ण, चार रजत र नौ कांस्य पदक जितेको छ । त्यसैगरी स्विडेन, केन्या, नर्वे र आयरल्याण्डले चार-चार स्वर्ण पदक जितेका छन् भने ब्राजिल, इरान, युक्रेन, रोमानिया, जर्जिया, बेल्जियम, सर्बिया र चेक रिपब्लिकले तीन–तीन स्वर्ण पदक जितेका छन् ।
त्यस्तै डेनमार्क, अजरबैजान, क्रोसिया, क्युबा, बहराइन, स्लोभेनिया, चाइनिज ताइपेइ, अस्ट्रिया, हङकङ, फिलिपिन्स, अल्जेरिया, इण्डोनेसियाले दुई-दुई स्वर्ण पदक जितेका छन् । त्यसैगरी इजरायल, पोल्याण्ड, काजकिस्तान, जमैका, दक्षिण अफ्रिका, थाइल्याण्ड, इथोपिया, स्विजरल्याण्ड, इक्वेडर, पोर्चुगल, ग्रिस, अर्जेन्टिना, इजिप्ट, ट्युनिसिया, बोट्सवाना, चिली, सेन्ट लुसिया, युगाण्डा, ग्वाटेमाला, मोरक्को, डोमिनिका, पाकिस्तानले एक÷एक स्वर्ण पदक जितेका छन् ।
पेरिस ओलम्पिकमा ६२ राष्ट्रले स्वर्ण पदक जित्दा ८४ राष्ट्रले पदक जित्न सफल भए । नेपालसहित भाग लिएका २०६ मध्ये १२२ देशले पदक जित्न सकेनन् । नेपालबाट पेरिस ओलम्पिकमा सात खेलाडीले भाग लिएका थिए । सबै खेलाडी पहिलो चरणमै पराजित भएका थिए ।
विवादका विषय
यस वर्षको ओलम्पिक खेलमा भारतीय कुस्ती खेलाडी विनेश फोगाटलाई अयोग्य घोषित गर्ने, बक्सर इमान खलिफ र लिन यु टिंगसँगको लैंगिक विवाद र आर्मेनियाका जिम्न्यास्ट जोर्डन चिलिसबाट कांस्य पदक खोसेर चर्चामा रहेका केही विवादहरू रहे । पहलवान विनेश फोगाटलाई ओलम्पिकको फाइनल खेलअघि केही ग्राम तौलका कारण अयोग्य घोषित गरिएको थियो । विनेश फोगाटले फाइनलमा पुगेर रजत पदक जित्ने पक्का भए पनि १०० ग्राम ५० केजीभन्दा बढी तौल भएकाले रजत पनि जित्न सक्नुभएन ।
महिला बक्सिङ खेलमा अल्जेरियन बक्सर इमान खलिफविरुद्ध रिङमा प्रवेश गर्नुभएकी इटालियन बक्सर एन्जेला कारिनी ४६ सेकेण्डपछि खेलबाट बाहिरिएपछि ठूलो विवाद भयो । पेरिस ओलम्पिकका ती दुई खेलाडीमध्ये खलिफ पनि हुुनुहुन्थ्यो, जो लैंगिक योग्यता परीक्षणमा असफल भएपछि गत वर्ष विश्व च्याम्पियनसिपबाट बाहिरिनुभएको थियो ।
तर, दुवैलाई पेरिस ओलम्पिकमा खेल्न अनुमति दिइयो र इमान खालिफले आफ्नो चिनियाँ प्रतिद्वन्द्वीलाई हराएर स्वर्ण पदक जित्नुभयो । तेस्रो ठूलो विवाद आर्मेनियाली जिम्न्यास्ट जोर्डन चिल्सलाई लिएर थियो, जो सुरुमा पाँचौँ स्थानमा हुनुहुन्थ्यो तर रोमानियाको ओलम्पिक समितिले अमेरिकी टोलीले दिएको स्कोरलाई चुनौती दियो । किनभने आर्मेनियाली जिम्न्यास्ट टोलीको निर्देशनअनुसार चिल्सको स्कोर १३.६६६ बाट १३.७६६ मा परिणत भयो र उहाँ पाँचौँ स्थानबाट तेस्रो स्थानमा झर्नुभयो । तर, रोमानियाकी जिम्न्यास्ट बार्बोसुको स्कोर १३.७ थियो र उहाँका तर्फबाट उक्त निर्णयलाई चुनौती दिइयो । जुन पछि मध्यस्थता अदालतले स्वीकार गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच