काठमाडौं । दलितका लागि दलित नेपालका प्रमुख एवम् दलित अभियान्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक सातादेखि प्रदर्शन गरीरहेका अभियन्ता सुनारलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । साढे २ किलोको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो ।
बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजे पछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उहाँलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
सुनार गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आइरहनु भएको थियो । ‘दलितलाई खै ?’ लेखिएको ब्यनारसहित उहाँ प्रदर्शन गर्दै आइरहनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । १४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामुलक समाज स्थापना नहुने सुनारको भनाई छ ।
संघ तथा प्रदेश सरकार र राजनीतिक नियुक्तिमा १३.८ प्रतिशत दलित अनिवार्य गर्नुपर्ने, संवैधानिक रूपमा व्यवस्था गरिएको आरक्षण, समानुपातिक समावेशी व्यवस्था कार्यान्वयन तथा दलितका संवैधानिक हक कार्यान्वयनका लागि तत्काल कानुन निर्माण गर्नुपर्ने, १३.८ प्रतिशत दलित प्रत्यक्षतर्फ नै निर्वाचन हुनेगरी निर्वाचन कानुन बनाउनुपर्ने, दलित समुदायमाथि भएका घटनाको न्याय निरूपणका लागि छानबिन आयोग गठन गर्नुपर्ने र बजेट तथा राज्यका स्रोत–शक्तिको बाँडफाट दलितमैत्री हुनुपर्ने उहाँका माग छन् ।
दलित समुदायको हक र अधिकार सुनिश्चितताको माग गर्दा प्रहरीले नियन्त्रणमा लिनु राम्रो नभएको बताउँदै सिङ्गो दलित समुदायले अहिले उहाँको रिहाइको माग गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच