काठमाडौं । नेपालले उपभोक्ता अधिकार दिवस मनाउन थालेको दुई दशक नाघिसकेको छ । तर, दिवस औपचारिकतामै सीमित रहँदै आएको छ । सरकार तथा नियमनकारी निकायहरू उपभोक्ता हितभन्दा उद्योगी व्यापारीका हितमा केन्द्रित हुने गरेका कारण उपभोक्ता सधैं मारमा पर्दै आएका छन् । कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको हो ।
खाद्यान्न, स्वास्थ्य, शिक्षा, खानेपानी, इन्धनलगायत क्षेत्रमा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम रोकिएको छैन । हरेक क्षेत्रमा उपभोक्ताको अधिकार सुरक्षित नहुँदा वर्षमा एक दिन मनाउने दिवसको कुनै अर्थ नहुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउनुहुन्छ ।
बजारमा खाने तेल, चामल, दाल, चिनीलगायत दैनिक उपभोग्य वस्तुमा उद्योगी व्यापारीहरूले सिण्डिकेट र काटेलिङ गरी उपभोक्तालाई ठग्ने गरेको उहाँको भनाइ छ । सरकार तथा नियमनकारी निकाय उपभोक्ताभन्दा पनि उद्योगी व्यापारीको हितमा लाग्ने गरेका कारण निरीह उपभोक्ता पीडित बन्दै आएको महर्जन बताउनुहुन्छ । संविधानले उपभोक्ता अधिकार दिए पनि सरकार तथा नियमनकारी निकायहरू उपभोक्ता अधिकारका सवालमा संवेदनशील हुन नसकेको उपभोक्ता अधिकारकर्मीले बताउँदै आएका छन् ।
मञ्चका अध्यक्ष महर्जन भन्नुहुन्छ, ‘उपभोक्ता संविधानमै सीमित छ । किनभने सरकार उद्योगी व्यापारीसँग डराउने भएकाले कारबाही गर्न सक्दैन । बजार अनुगमन हुन्छ तर कारबाही हुँदैन । पैसा र पहुँचका कारण दोषी उद्योगी व्यापारीले उन्मुक्ति पाउँछन् । सरकारले नै उनीहरूलाई उन्मुक्ति दिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच