काठमाडौं । चीनको हुनान प्रान्तको लुधी शहरमा आयोजना भएको एसियन खुला अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा नेपालले समान एक-एक रजत र कांस्य पदक जितेको छ ।
तेक्वान्दो आइटिएफ नेपालका प्रशिक्षक गयाजी खड्काले व्यक्तिगत प्याट्रनतर्फ सेमिफाइलनमा मलेसियाका मो चिङ मिङसँग पराजित हुँदै कांस्य पदक जित्नुभएको हो । त्यसअघि उहाँले ५८ केजीमुनि तौल समूहमा रजत जित्नुभएको थियो । उहाँ फाइनलमा चीनका छाङ हृयुसँग पराजित हुनुभयो ।
प्रतियोगितामा नेपाल, चीन, मलेसिया, रुस, अफगानिस्तान र अस्ट्रेलियाका खेलाडीको सहभागिता थियो । नेपालकी सस्मिनी बस्नेतले निर्णायकको भूमिका खेल्नुभएको थियो । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका सह-महासचिव र सिनियर मास्टर माइकल मुलेताले सञ्चालन गरेको तेक्वान्दो मास्टर्स क्लासमा तेक्वान्दो आइटिएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच