काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भदौ १६ गतेदेखि हुने एन्फा महिला लिगको खेल तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमबीच एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार कोशी प्रदेश र वालिङ नगरपालिका उद्घाटन खेलमा भिड्ने भएका छन् ।
लिगमा तीन विभागीय टोली, एन्फा महिला लिगबाट छनोट भएका तीन प्रदेश, ‘ए, बी, सी’ डिभजन क्लबका दुई टोली र दुई नगरपालिका गरी कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा एपिएफ, त्रिभवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित महिला लिग छनोट प्रतियोगिताको शीर्ष तीन टोली कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै संकटा क्लब, बागमती क्लब तथा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाको सहभागिता छ ।
एन्फा महिला लिग तीन चरणमा खेलाइनेछ । पहिलो चरणमा सिंगल राउण्ड रोविन फम्र्याटमा ४५ खेल हुनेछ । त्यसपछि शीर्ष पाँचमा रहने टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग गराइनेछ । दोस्रो चरणमा २० खेल हुनेछ । सुपर लिगमा शीर्ष चारमा रहने टोलीबीच क्वालिफायर, एलिमिनेटर र फाइनल खेल खेलाइनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच