कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको बिश्वासको मत अबैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत गएको छ ।

संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउन गएको हो ।

विश्वासको मत लिदा संविधानको उल्लङ्घन भएको दाबीसहित रिट लिएर सर्वोच्च पुगेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनु भयो ।
यसअघि पनि तत्कालिन सभामुख बाबुराम दाहालको मतसहित मुख्यमन्त्रीमा थापा नियुक्ती भए पछि एमाले अदालत पुगेको थियो । सभामुखको मतसहित पहिलो पटक मुख्यमन्त्री भए पछि सर्वोच्च अदालतले  त्यस मान्यतालाई खारेज गरेको थियो ।

पछि पुनः सभामुखलाई राजिनामा दिलाएर दोस्रो पटक मुख्यमन्त्री हुनुभएका थापाले विश्वासको मत लिदाँ सभाध्यक्षको मतसमेत जोडे पछि एमाले फेरी पनि सर्वोच्च अदालतमा मुद्धा दर्ता गराउन लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?