रुपन्देही । रुपन्देहीमा ९सय ५० बढी सहकारी संस्थाहरु क्रियाशिल रहेका छन् । जसमा २ लाख बढी शेयर सदस्य, २ अर्व शेयर पुँजी, ४० अर्व बचत, ३५ अर्व ऋण र २ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ।
६७ औँ राष्ट्रिय सहकारी दिवस सप्ताहब्यापी मनाउने मूल समारोह समितिले बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तथा मूल समारोह समिति रुपन्देहीका संयोजक भिम प्रसाद तुलाचनले यस्तो बताउनु भयो। उहाँले रुपन्देहीमा रुपमा बिभिन्न कार्यक्रम गरी राष्ट्रिय सहकारी दिवस मनाइने बताउनु भयो।
दिवसमा जिल्ला सहकारी संघ लिमिटेड, विषयगत जिल्ला सहकारी संघहरु, पालिका सहकारी सञ्जाल तथा प्रारम्भिक सहकारी संस्थाहरुले जिल्लाभर बिभिन्न ६१ वटा कार्यक्रम गर्ने तयारी गरेको तुलाचनले बताउनु भयो।
६७ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिले यहि चैत २० गते रुपन्देहीको भैरहवामा मुल समारोहको आयोजना गरेको छ । यो वर्ष ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारा तय गरिएको छ ।
कोभिड–१९ तथा रसिया र युक्रेन युद्धले विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक मन्दिका कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्न गएको भन्दै संयोजक तुलाचनले यस परिस्थितिमा सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सदस्यहरुलाई संयमित भई सहकारी अभियानप्रति विस्वासका साथ थप क्रियाशिल हुन आग्रह गर्नु भयो।
जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका महासचिव दामोदर पंगेनी, राष्ट्रिय सहकारी बैंकका लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासे, राष्ट्रिय सहकारी बैंकका बरिष्ठ सहायक सुशिल भट्टराई लगायतले बोल्दै जिल्लामै दर्ता भएर सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नभएको भन्दै बाहिरी जिल्लामा दर्ता भएर यहाँ शाखा कार्यालय सञ्चालन गरेका सहकारीहरुमा मात्रै समस्या देखिएको बताउनु भयो।
अन्यत्र दर्ता भई यहाँ शाखा कार्यालयको रुपमा सञ्चालीत सहकारीहरुमा समस्या देखिए पनि त्यसको असर स्थानीय स्तरमा सञ्चालनमा रहेका सहकारीहरुलाई समेत पर्न गएको भन्दै उनिहरुले सहकारीहरुको नियमन गर्न छुट्टै सहकारी ऐन ल्याउनुपर्ने बताउनु भयो। उहाँले राज्यको कमजोरीका कारण सहकारी पीडितहरु बढ्दै गएको भन्दै अबौँको कारोबार गर्ने क्षेत्रलाई नियमन गर्ने राज्यले ध्यान दिनुपर्ने बताउनु भयो।
जिल्ला दुग्ध सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले बिदेशबाट करौडौंको दुध आयात हुँदा यहाँका किसानले उत्पादन गरेको दुधले उचित मुल्य पाउन नसकेको गुनासो गर्नुभयो । रुपन्देहीका दुग्ध उत्पादक किसानको ११ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उहाको भनाई छ । समयमै दुधको भुक्तानी पाउन नसक्दा दुग्ध सहकारी समस्यामा परेको बताउनु भयो ।
हरेक वर्ष चैत २० गते नेपालमा सहकारी दिवस मनाइन्छ । नेपालमा पहिलो सहकारी संस्थाको स्थापना भएको दिनलाई लिएर राष्ट्रिय सहकारी दिवस मनाउने गरीन्छ । नेपालमा सहकारीको शुरुवात वि.सं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो ।
यसको व्यावसायिक र संगठित शुरुवात भने २०१३ चैत २० गते चितवनमा बखान सहकारी संस्था स्थापना भएसँगै भएको मानिन्छ । सोही सहकारीलाई नेपालको पहिलो सहकारी मानेर सो सहकारी स्थापना भएको दिनलाई नै सहकारी दिवसको रुपमा मनाउन थालिएको अध्यक्ष तुलाचनले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच