एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्। युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गर्‍यो।

आजको पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो।

शारदाको ब्याटिंगमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुबास सिंहले १६ रन योगदान दिए। युथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो। युथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए। प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदिप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए।

शारदाको बलिंगमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३.५ ओभरमा ३१ रन खर्चिए। अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?