काठमाडौं । साताको पहिलो र दोस्रो दिन उच्च अंकले बढेको सेयर तेस्रो दिन मंगलबार भने सामान्य अंकले घटेको छ । यस दिन नेप्से ८.१८ अंकले घटेर २९२३ अंकमा झरेको हो । तथापि कारोबार भने २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको भएको छ । सोमबार २७ अर्ब २४ करोडको कारोबार भएको थियो ।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेकोमा एक सय ५७ को घटेको छ भने छवटा कम्पनीको स्थिर रहेको छ । चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको सेयर १० प्रतिशत बढेको हो । तर, नेपाल फाइनान्सको सेयरमूल्य ९.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालयन रि-इन्स्योरेन्स ६८ करोड २१ लाख र शिवम् सिमेन्टको करिब साढे ४४ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बिमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढेका छन् भने विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रो फाइनान्स १.१३, निर्जीवन बिमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच