भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ ।

शनिबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरुलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रर्दशन गरेका हुन् । उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई नछोडन पनि सरकारलाई खवरदारी गरेका छन् ।

‘प्रचण्ड सरकारलाई खवरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाई, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरुलाई कारबाही गर्न सरकारमाथि दवाव परेको छ । यता, सरकारले पनि सो प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तर पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव समेत रहनु भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरुले सचेत गराएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?