
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणबारे केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीकोे पत्रको जवाफ पठाएको छ । रिलायन्सको वित्तीय विवरणमा कुनै कैफियत नदेखिएको भन्दै अनुसन्धानमा आवश्यक जवाफ पठाएको हो । रिलायन्सका अनुसार धितोपत्र बोर्डले साउन २४ गते सिआइबीलाई जवाफ पठाएको थाहा हुन आएको छ ।
धितोपत्रसम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसिएट्सले रिलायन्सको आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासको प्रतिसेयर आम्दानी ०.९६ पैसा र आर्थिक वर्ष २०८०/०८१ को प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक-पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिएको बोर्डले पठाएको पत्रमा उल्लेख गरिएको कम्पनीको भनाइ छ ।
वित्तीय विवरणमा कुनै कैफियत नभएकाले सिआइबीले थप अनुसन्धान गरिरहन आवश्यक नरहेको निष्कर्षसहित बोर्डले सिआइबीलाई पत्राचार गरेको बताइएको छ ।
रिलायन्सको वित्तीय विवरण जालसाजीपूर्ण रहेको भन्दै उजुरी परेपछि सोे सत्यतथ्य जानकारी दिन भन्दै सिआइबीले गत असार २६ गते सेबोनलाई पत्र पठाएको थियो । पत्र प्राप्त भएको ३० दिनभित्र अध्ययन गरेर जवाफ दिनुपर्ने ऐनको व्यवस्थाअनुसार नै बोर्डले सिआइबीलाई पत्र पठाएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच