
काठमाडौ । भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा एकदेखि सातसम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसिसिआई बेलायतको कोर्सको अंग्रेजी र डिजी कम्प्युटर गरी दुर्ईवटा विषय अध्यापन गराउँदै आएको छ ।
विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका लागि गत वर्षदेखि कक्षा एकदेखि छसम्मका तीन सय ८३ बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ ।
अन्य विद्यालयको तुलनामा फरक र परिष्कृत शिक्षा प्रदान गर्ने अभियानमा भ्याली पब्लिक रहेको र त्यसकै नतिजा स्वरूप आफ्ना विद्यार्थीले क्याम्ब्रिजबाट शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच