काठमाडौं । ‘काभा वुमन्स भलिबल नेसन्स लिग-२०२४’ मा सहभागी भएका नेपाल एपिएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरू सम्मानित भएका छन् । बुधबार प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट हुनुहुन्छ ।
महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपिएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नुभएको हो ।
उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले बुधबार दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस-२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच