सिन्धुलीमा बोलेरो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ११ जना घाइते

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । सिन्धुलीमा बिहिबार विहान बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गोलञ्जोर गाउँपालिका-६ को कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो ।

बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका-६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बोलेरो चालक गोलञ्जोर गाउँपालिका-६ नाकाजोली बस्ने ३२ वर्षीय टीकाजंग राई (हायु) गम्भिर घाईते हुनु भएको छ । उहाँलाई थप उपचारको लागि सिन्धुली अस्पतालबाट धुलिखेल अस्पताल पठाईएको छ । सोही ठाउँका ३७ वर्षीय हिमाल परियार र पवन मगरको अवस्था पनि गम्भिर छ ।

नाकाजोलीकै २२ वर्षीय उदय बहादुर मगर, १७ वर्षीया मेनुका मगर, १८ वर्षीया जिना श्रेष्ठ, वर्ष नखेलेको पवन मर्साङगी, ४७ वर्षीया धनमाया वाइवा, २४ वर्षीया नली मगर, २२ वर्षीय समनी मगर, १९ वर्षीया बन्दना कोइराला र कमलामाई नगरपालिका-५ बस्ने ७८ वर्षीया डम्बर कुमारी कार्की घाईते हुनुहुन्छ ।

उहाँहरुको सिन्धुली अस्पतालमा उपचार भइहेको छ । दुर्घटनापछि अवरुद्ध भएको विपी राजमार्ग आधा घण्टापछि पुनःसुचारु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?