काठमाडौं । मिडफिल्डर कुशल देउवा नेपाल यु-२० टिमको कप्तान नियुक्त हुनुभएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु फुटबलमा सानदार प्रदर्शन गर्दै आएका कुशललाई जिम्मेवारी सुम्पिनुभएको हो । कुशलले नेपाल सुपर लिग (एनएसएल) मा च्याम्पियन ललितपुर सिटी एफसीबाट खेल्नुभएको थियो । त्यस्तै, नेपालको यु-१९ टिमबाट पनि उहाँले खेलिसक्नुभएको छ ।
नेपाली टोलीमा कुशलबाहेक मिडफिल्डरमा लक्षु थापा, अविनाश स्याङ्ताङ, जनप्रकाश बम र सरोज दर्लामी हुनुहुन्छ । यस्तै गोलकिपरमा जियारथ शेख, विशाल विसी र कृशल मोक्तान रहनुभएको छ । रक्षकमा भने आश्विन घोरासैनी, सिमान्त थापा, समीन घिमिरे, विक्रम तामाङ, मदन पौडेल, निङ्साङ लिम्बु, राम थापा र आयुष तिम्सिना हुनुहुन्छ । फरवार्डमा निराजन धामी, रोहन खड्गी, समीर तामाङ, अनिल बम्जन, धर्वेन्दर कुँवर, हरिषराज भट्ट र नीरज कार्की रहनुभएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने यु-२० च्याम्पियनसिप आइतबारदेखि हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच