लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ : दिलमान पाख्रिन

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले लोकतान्त्रिक बाम गठबन्धनका सबै नेताहरु एक भै गठबन्धनका उम्मेदवारलाई विजय गराउनु पर्ने बताउनु भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा व्यक्ति भन्दा पार्टीको नीति सिद्धान्तलाई ख्याल गर्नु पर्ने बताउनुभयो । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाख्रिनले पार्टीभित्रको कमीकमजोरीलाई विर्सिएर निर्वाचनको समयमा गुट उपगुट नगरी मंसिर ४ गतेसम्म सबै एकजुट भएर निर्वाचन अभियानमा लाग्न सवैलाई आग्रह गर्नु भएको हो ।

देशको सम्वृद्धि, लोकतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धनको आवश्यकता रहेकाले सबै कार्यकर्तालाई इमान्दार साथ गठबन्धनका उम्मेदवारलाई जिताउन अभियानमा लाग्न आग्रह समेत गरेको छ ।

नेता पाख्रिनले रामनाथ अधिकारी र आफू २०५७ सालदेखि सँगै राजनीतिमा रहेको बताउँदै अधिकारीको उम्मेदवारीमा मेरो पूर्ण समर्थन रहेको तर्क गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?