
काठमाडौं । सुनको मूल्यले यस साता पनि नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको सुधार र सेयर बजारको वृद्धिले सुन बजारमा प्रभाव परेको विश्लेषकहरूको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको सुरुको तेस्रो दिन अर्थात् मंगलबार नयाँ उचाइमा पुगेको मूल्य त्यसपछिका दिनमा भने सामान्य घटेको थियो ।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख २७ हजार पाँच सय ७० रुपैयाँ रहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार हालसम्मकै उच्च अर्थात् प्रति १० ग्राम एक लाख २९ हजार दुई सय ८५ रुपैयाँ पुग्यो । त्यसपछिका दिन ओरालो लागेको मूल्य साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्रामको एक लाख २८ हजार दुई सय ६० रुपैयाँ कायम भयो ।
जुन मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम छ सय ९० रुपैयाँ बढी हो । चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार चार सय ७४ रुपैयाँ ६० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार पाँच सय नौ रुपैयाँ कायम भएको महासंघका महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच