काठमाडौं । डिजिटल प्लेटफर्म ‘सनेमाघर’ले आफ्नो एपमा चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ । रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता कलाकार अभिनीत यो चलचित्र अहिले विश्वभरका दर्शकलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध भएको हो ।
नयाँ सम्पादनमार्फत ‘डिग्री माइला’को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ, जसले हलमा हेरिसकेका दर्शकलाई समेत फरक अनुभव दिने अपेक्षा गरिएको छ । प्रदर्शनपश्चात् हलबाट उत्रेको कम समयमै डिजिटल प्रिमियर गर्न लागिएको हुनाले ओटीटीमा चलचित्र हेर्ने दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
निर्देशक गुरुङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त चलचित्र केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानी पुनः सम्पादन गरिएको बताउनुभयो ।
निर्देशक गुरुङले दर्शकका लागि बनाइएको चलचित्र भएकाले थिएटरमा हेर्न छुटेका दर्शकका लागि डिजिटल रिलिज गरेको बताउनुभयो । ‘सिनेमाघर एप’ एन्ड्रोइड र आइओएस मोबाइलमा मात्र नभई, स्मार्ट टिभी प्लेटफर्महरूमा पनि विस्तार गरिएको छ । अब दर्शकहरूले ‘डिग्री माइला’ लाई एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, एलजी वेबओएस र सामसुङ स्मार्ट टिभीहरूमा सजिलै स्ट्रिम गरेर हेर्न सक्नेछन् ।
सिनेमाघरका सिईओ सागर खरेलका अनुसार एपको प्रयोग विश्वभरबाट सजिलै सम्भव छ र अब सिनेमाघरलाई वेब ब्राउजरमार्फत पनि सजिलै प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको छ । यो सुविधाले डिजिटल प्लेटफर्ममा नेपाली चलचित्रहरू हेर्ने अनुभवलाई अझै सहज र थप रमाइलो बनाउने खरेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच