विराटनगर । कोशी प्रदेशको मन्त्रीपरिषद् बिस्तारबारे काँग्रेस र एमालेबीच छलफल भएको छ ।
सोमवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रीपरिषद् बिस्तारबारे छलफल भएको हो ।
माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रीपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताउनु भयो ।
उहाँले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताउनु भयो ।
प्रमुख सचेतक भण्डारीले भन्नुभयो, ‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाही हामीले हुँदैन भनेका छौं । अब त्यस मध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो काँग्रेस र एमालेको बीचमा भने । कुनै एउटा थपिन पनि सक्ला ।’
यता, काँग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी काँगे्रस सांसद समशेर राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कोशी प्रदेशको सवालमा गठबन्धन भित्रको थप एउटा थप्ने भनेपछि सकियो नि । सजिलो त्यही होला ।’
एमालेको समर्थनमा काँग्रेसबाट बिद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच